पूर्व विद्यार्थी सरिता र रीताद्वारा विद्यालयलाई ५० हजारको कम्प्युटर सहयोग
.jpeg)
मर्स्याङदी समाचार, ११ कार्तिक
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगतस्थित सरस्वती विद्या मन्दिर रामकुमारी आधारभूत विद्यालयका पूर्व विद्यार्थी सरिता गुरुङ र रीता गुरुङले विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् । हाल जापानमा बस्दै आएका गुरुङ दिदीबहिनीले विद्यालयलाई करिब ५० हजार रुपैयाँ मूल्य बराबरको एक थान कम्प्युटर प्रदान गरेका हुन् । जगत घर भएका सरिता र रीता स्थानीय समाजसेवी खुसीराम गुरुङका छोरी हुन् ।
पूर्व विद्यार्थीबाट प्राप्त कम्प्युटरले विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाइलाई अघि बढाउन कम्प्युटरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति तथा टोल सुधार समितिका अध्यक्ष बगबहादुर गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष गुरुङले पूर्व विद्यार्थीले आफ्नो विद्यालयप्रति देखाएको माया, सद्भाव र सहयोगको प्रशंसा गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, पूर्व विद्यार्थी सरिता र रीताले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले कम्प्युटर सहयोग गरेको जनाइएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भन्ने अपेक्षासहित उनीहरुले सहयोग गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पञ्चबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर गुरुङ, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन
मर्स्याङदी समाचार, १२ असोज एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ ।
राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै
मर्स्याङदी समाचार, १२ कार्तिक जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको

राति ७ बजेपछि लमजुङ हुँदै मनाङ जाने सवारी चलाउन नपाइने
मर्स्याङदी समाचार, १२ कार्तिक सम्भावित भारी वर्षा र त्यसबाट बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रातिको समयमा




.jpeg)

प्रतिकृया दिनुहोस