Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन

SITENAME

मर्स्याङदी समाचार, १२ असोज 
एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ । युवाहरुलाई सिप सिकाएर रोजगारीमा जोड्ने लक्ष्य सहित कार्यालयले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तालिम आयोजना गरेको हो । 


तालिममा ९ जना पुरुष र ६ जना महिला गरी १५ जना सहभागी थिए । तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णवहादुर गुरुङले आफूले सिकेको सिपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । सवारी चालक सिप जिम्मेवारी, धैर्य, अनुशासन र मानविय समवेदनका सँगै जोडिएको भन्दै उहाँले ट्राफिक नियम पालन सँगै सडक सुरक्षा लाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 


एकिकृत सेवा कार्यलय लमजुङका प्रमुख ठाकुर प्रसाद ढकालले सिपयुक्त दक्ष जनशक्ति उत्पादनसँगै स्वरोजगारको सृजना गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वताउनुभयो । शिक्षा र सिप कहिल्ले नरोकिने हुदाँ आफूमा भएको ज्ञान र सिपको उपयोग गर्दै आयआर्जनमा जोडिन सहभागिहरुलाई आग्रह गर्नुभयो । तालिमका सहभागी सरोज जोशी तालिमले आफूलाई आत्मविश्वास जगाउनुका साथै रोजगारीमा जोडिने अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो । आफूजस्तै सिप सिक्न चाहनेलाई थप तालिमहरु सञ्चालन गर्न समेत उहाँको आग्रह थियो । तालिम बेँसीसहर नगरपालिका–८ स्थित लमजुङ कालिका ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टरमा सञ्चालन भएको हो ।  


‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मुल नारा सहित कार्यालयले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको छ । यसवर्ष हलुका सवारी चालक तालिम र आधारभूत कम्प्यूटर तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख ढकालले जानाकारी दिनुभयो । समापन कार्यक्रमको सहजिकरण एकिकृत सेवा कार्यलयका भानुभक्त थापामगरले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै 

मर्स्याङदी समाचार, १२ कार्तिक  जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको

SITENAME

राति ७ बजेपछि लमजुङ हुँदै मनाङ जाने सवारी चलाउन नपाइने

मर्स्याङदी समाचार, १२ कार्तिक  सम्भावित भारी वर्षा र त्यसबाट बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रातिको समयमा

SITENAME

सर्वोदय सेवाश्रममा स्वास्थ्य परीक्षण र मनोरञ्जनात्मक कार्यक्रम

मर्स्याङदी समाचार, ११ कार्तिक  सर्वोदय सेवाश्रममा समानता फाउण्डेसनका फेलोहरुले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवामा संलग्न कर्मचारीहरुको

↑