राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै
मर्स्याङदी समाचार, १२ कार्तिक
जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको छ । कामीडाँडाका स्थानियहरुलाई विहिबारदेखि हुने आँकलन गरीएको भारी बर्षाका बेला केहि दिनका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको हो ।
बस्ती जोखिममा परेको जानकारी पाएसँगै जिल्लास्थित विपद व्यवस्थापन समिति, स्थानिय राईनास नगरपालिका जनप्रतिनिधी एवं सरोकारवालासहितको टोलिले स्थलगत अवलोकन समेत गरेको थियो । पहिरोको जोखिमलाई आँकलन गरी स्थानिलाई अस्थायी र स्थायी व्यवस्थापनको तयारी भएको लमजुङका प्रमूख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो ।
मौषम पूर्वानुमान महाशाखाका अनुसार विहिबारदेखि भारी बर्षाको जोखिम भएको हुँदा तत्कालका लागि १३ घर परिवारलाई सुरक्षित स्थानमा रहेको सौभाग्यदय माविमा राखिने भएको छ । स्थलगत अवलोकन पश्चात सुरक्षा टिम र स्थानिय जनप्रतिनिधी विच बैठक बसी अस्थायी व्यवस्थापनको विषयमा निर्णय भएको हो ।
बैठकले प्रभावितको एकिन विवरण लिने, उनिहरुको बासस्थानको व्यवस्थापन गर्ने, खानपानको व्यवस्थापन गर्ने, पशु चौपायको तथ्याँक लिने लगायतका कामका लागि वडा नम्वर ४ का अध्यक्ष बलराम पराजुलीको संयोजकत्वमा समितिनै गठन भएको छ । उक्त समितिमा नगरपालिका प्रशासकिय कर्मचारी, प्राविधिक र प्रहरी प्रतिनिधी रहेका छन् ।
सो समितिले प्रभावितहरुको एकिन विवरण सहितको प्रतिवेदन तयार गर्ने र सोहि प्रतिवेदनको आधारमा अस्थायी र स्थायी व्यवस्थापनको लागि थप पहल गरीने भएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै केहि दिन विद्यालयमा राखिएपनि दिर्घकालिन व्यवस्थापनका लागि भने विज्ञ प्राविधिक परिक्षण सहित थप पहल गरीने प्रजिअ खनालको भनाई छ ।
पहिरो प्रभावित बस्ती स्थलगत अवलोकनमा जिल्ला समन्वय समिति लमजुङका प्रमूख पूर्ण बहादुर गुरुङ, राईनास नगरपालिका प्रमूख खड्गबहादुर गुरुङ, उपप्रमूख पुष्पराज खनाल, प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायव उपरिक्षक विकास अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतको सहभागिता रहेको थियो ।
लमजुङको राइनास नगरपालिका–४ स्थित कामीडाँडाको सिँगो बस्ती पहिरोको जोेखिममा परेको छ । असोज दोस्रो साताको भारी वर्षा पछि जमिनमा धाँजा फाटेर सिँगो गाउँ पहिरोको जोखिममा परेको हो ।
भिरालो जमिनमा रहेको कामीडाँडामा जमिन भास्सिन थालेपछि सो गाउँमा रहेका १३ घर जोखिममा परेका छन् । जमिन भासिने तथा धाँजा फाट्ने क्रमले केहि घरहरूमा समेत असर परेको छ । सिँगो गाउँ पहिरोको जोखिममा परेपछि स्थानियहरु अहिले आफ्नो घर र बस्तीको सुरक्षालाई लिएर चिन्तित बनेका छन् ।

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन
मर्स्याङदी समाचार, १२ असोज एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ ।

राति ७ बजेपछि लमजुङ हुँदै मनाङ जाने सवारी चलाउन नपाइने
मर्स्याङदी समाचार, १२ कार्तिक सम्भावित भारी वर्षा र त्यसबाट बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रातिको समयमा

सर्वोदय सेवाश्रममा स्वास्थ्य परीक्षण र मनोरञ्जनात्मक कार्यक्रम
मर्स्याङदी समाचार, ११ कार्तिक सर्वोदय सेवाश्रममा समानता फाउण्डेसनका फेलोहरुले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवामा संलग्न कर्मचारीहरुको




.jpeg)

प्रतिकृया दिनुहोस