Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सर्वोदय सेवाश्रममा स्वास्थ्य परीक्षण र मनोरञ्जनात्मक कार्यक्रम

SITENAME

मर्स्याङदी समाचार, ११ कार्तिक 
सर्वोदय सेवाश्रममा समानता फाउण्डेसनका फेलोहरुले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवामा संलग्न कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेका छन् ।


स्वास्थ्यकर्मी तथा हाल एमबीबीएस अध्ययनरत रिस्ना चुन्दारोको नेतृत्वमा आश्रमका बाबा, आमाहरु र कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । कार्यक्रममा स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति चासो व्यक्त गरिएको थियो ।


त्यसैगरी, समानता फाउण्डेसनमा उच्च शिक्षा अध्ययनरत निपना तामाङ, सोनु बसौला र स्वयंसेवक राजीव केसीको समूहले आश्रममा मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरेको थियो । उनीहरुले योग प्रशिक्षण, अनुभव आदानप्रदान तथा तातो आलु खेलमार्फत आश्रममा आश्रित बाबा, आमाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।


कार्यक्रम अन्तर्गत आयोजित तातो आलु खेलमा फरक शारीरिक अवस्था भएका आश्रमका खेमलाल घिमिरे विजेता हुनुभएको थियो । विजेता घिमिरेलाई आकर्षक उपहार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा गीत, भजन तथा नृत्य प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । सहभागी कल्पना मगरले जुस वितरण गर्नुभएको थियो भने अन्य सहभागीहरुले चकलेट वितरण गरेका थिए ।


कार्यक्रमको सहजीकरण आश्रमका प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले गर्नुभएको थियो । ज्येष्ठ नागरिकसँग समय बिताउने, उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आपसी अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित कार्यक्रमले आश्रमको वातावरणलाई थप आत्मीय र मनोरञ्जनपूर्ण बनाएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङको भुस्मेमा भट्टको व्यावसायिक खेती, उत्पादन घट्यो

खुशी माया गुरुङ, ११ कार्तिक  लमजुङको मर्स्याङदी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा चिनियाँ र कालो भट्टको व्यावसायिक खेती हुँदै आएको छ । परम्परागत

SITENAME

पूर्व विद्यार्थी सरिता र रीताद्वारा विद्यालयलाई ५० हजारको कम्प्युटर सहयोग

मर्स्याङदी समाचार, ११ कार्तिक  लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगतस्थित सरस्वती विद्या मन्दिर रामकुमारी आधारभूत विद्यालयका पूर्व विद्यार्थी

SITENAME

दशैँ अवधि भर लमजुङ ट्राफिकद्वारा १ लाख ९४ हजार राजस्व संकलन

मर्स्याङदी समाचार, १० कार्तिक दशैँ अवधिभर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारीसाधन चेकजाँचलाई तीव्रता दिँदै विभिन्न ट्राफिक नियम उल्लङ्घन

↑