लमजुङको भुस्मेमा भट्टको व्यावसायिक खेती, उत्पादन घट्यो

खुशी माया गुरुङ, ११ कार्तिक
लमजुङको मर्स्याङदी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा चिनियाँ र कालो भट्टको व्यावसायिक खेती हुँदै आएको छ । परम्परागत रुपमा बाउबाजेको पालादेखि खेती गरिँदै आएको भट्टा पछिल्लो समय स्थानीयको आम्दानीको स्रोतसमेत बनेको छ ।
स्थानीय किसान होमराज तामाङका अनुसार यस वर्ष गाउँमा करिब १ सय ५० मुरी भट्टा उत्पादन भएको छ । गत वर्ष करिब १ सय ६० मुरी उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा कमी आएको उहाँले बताउनु भयो ।
गत वर्ष मौसम अनुकूल हुँदा भट्टको उत्पादन राम्रो भएको थियो । तर, यस वर्ष मौसम प्रतिकूल बनेपछि उत्पादन घटेको स्थानीय किसानको भनाइ छ । उत्पादनमा आएको कमीले भट्ट बिक्रीबाट हुने आम्दानीसमेत घट्ने अनुमान गरिएको छ । गत वर्ष भट्ट बिक्रीबाट करिब २० लाख रुपैयाँ आम्दानी गरेका स्थानीयले यस वर्ष करिब १५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छन् ।
भुस्मे गाउँका करिब ३० घरधुरी प्रत्यक्ष रुपमा भट्टा खेतीमा संलग्न छन् । स्थानीय किसानले करिब ८० देखि १ सय रोपनी क्षेत्रफलमा भट्ट खेती गर्दै आएका छन् ।
गाउँमा उत्पादन हुने चिनियाँ र कालो भट्ट बेसीसहर, खुदी, सुन्दरबजारलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएको छ । साथै, स्थानीयले आफ्ना आफन्त तथा परिवारजनलाई कोसेलीका रुपमा विदेशमा समेत भट्टा पठाउने गरेका छन् ।
परम्परागत खेतीलाई व्यावसायिक रुपमा विस्तार गर्दै आएका किसानका लागि भट्ट खेती जीविकोपार्जन र आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ । स्थानीयस्तरमै बजार पाउँदै आएको भट्ट खेतीलाई व्यवस्थित गर्न सके किसानको आम्दानी बढाउन सकिने सम्भावना देखिन्छ ।
.jpeg)
पूर्व विद्यार्थी सरिता र रीताद्वारा विद्यालयलाई ५० हजारको कम्प्युटर सहयोग
मर्स्याङदी समाचार, ११ कार्तिक लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगतस्थित सरस्वती विद्या मन्दिर रामकुमारी आधारभूत विद्यालयका पूर्व विद्यार्थी

दशैँ अवधि भर लमजुङ ट्राफिकद्वारा १ लाख ९४ हजार राजस्व संकलन
मर्स्याङदी समाचार, १० कार्तिक दशैँ अवधिभर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारीसाधन चेकजाँचलाई तीव्रता दिँदै विभिन्न ट्राफिक नियम उल्लङ्घन

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

.jpeg)


प्रतिकृया दिनुहोस