राति ७ बजेपछि लमजुङ हुँदै मनाङ जाने सवारी चलाउन नपाइने

मर्स्याङदी समाचार, १२ कार्तिक
सम्भावित भारी वर्षा र त्यसबाट बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रातिको समयमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले कात्तिक १२ गतेदेखि १५ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार बंगालको खाडीमा विकसित ‘अर्णव’ नामक चक्रवातका कारण कात्तिक १२, १३ र १४ गते देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिम रहेकाले सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार कात्तिक १२ गतेदेखि १५ गतेसम्म लमजुङ हुँदै मनाङको सिमानासम्म जाने सवारीसाधनलाई राति ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । यस निर्णयबाट सम्भावित विपद्का कारण हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिम रहेको अवधिमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले जारी गरेको सूचनाको पालना गर्नसमेत अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सूचना जारी गर्दै विपद्को जोखिमबाट सुरक्षित रहन र सवारी आवागमन सम्बन्धी निर्णय पालना गर्न आमनागरिकलाई आग्रह गर्नुभएको छ ।

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन
मर्स्याङदी समाचार, १२ असोज एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ ।
राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै
मर्स्याङदी समाचार, १२ कार्तिक जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको

सर्वोदय सेवाश्रममा स्वास्थ्य परीक्षण र मनोरञ्जनात्मक कार्यक्रम
मर्स्याङदी समाचार, ११ कार्तिक सर्वोदय सेवाश्रममा समानता फाउण्डेसनका फेलोहरुले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवामा संलग्न कर्मचारीहरुको




.jpeg)

प्रतिकृया दिनुहोस