Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

राति ७ बजेपछि लमजुङ हुँदै मनाङ जाने सवारी चलाउन नपाइने

SITENAME

मर्स्याङदी समाचार, १२ कार्तिक 
सम्भावित भारी वर्षा र त्यसबाट बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रातिको समयमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले कात्तिक १२ गतेदेखि १५ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।


नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार बंगालको खाडीमा विकसित ‘अर्णव’ नामक चक्रवातका कारण कात्तिक १२, १३ र १४ गते देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिम रहेकाले सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रशासनले जारी गरेको सूचना अनुसार कात्तिक १२ गतेदेखि १५ गतेसम्म लमजुङ हुँदै मनाङको सिमानासम्म जाने सवारीसाधनलाई राति ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । यस निर्णयबाट सम्भावित विपद्का कारण हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।


यसैबीच, जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिम रहेको अवधिमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले जारी गरेको सूचनाको पालना गर्नसमेत अनुरोध गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सूचना जारी गर्दै विपद्को जोखिमबाट सुरक्षित रहन र सवारी आवागमन सम्बन्धी निर्णय पालना गर्न आमनागरिकलाई आग्रह गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन

मर्स्याङदी समाचार, १२ असोज  एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ ।

राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै 

मर्स्याङदी समाचार, १२ कार्तिक  जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको

SITENAME

सर्वोदय सेवाश्रममा स्वास्थ्य परीक्षण र मनोरञ्जनात्मक कार्यक्रम

मर्स्याङदी समाचार, ११ कार्तिक  सर्वोदय सेवाश्रममा समानता फाउण्डेसनका फेलोहरुले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवामा संलग्न कर्मचारीहरुको

↑