लायन्सको सहयोगमा निर्माण भान्सा घर, बालगृहलाई हस्तान्तरण

मर्स्याङदी समाचार, १२ कार्तिक
लायन्स क्लव इन्टरनेश्नल फाउण्डेशनले १ करोड बढी लगातमा बालगृहको भान्सा घर निमार्ण गरेको छ । क्लवले लमजुङ बेसीशहरमा आर्दश महिला तथा वालविकास केन्द्रद्धारा संचालित वाल गृहको लागि सुविधा सम्पन्न भान्सा घर निमार्ण गरेको हो । निमार्ण सम्पन्न भान्सा घरको विहिवार एक कार्यक्रमका विच आर्दश महिला तथा वाल विकास केन्द्रलाई हस्तान्तरण गरेको छ । लमजुङमा रहेका लायन्स क्लवहरुको पहल र लायन्स डिष्ट्रिक्ट ३२५ इन्टरनेशनलको आर्थिक सहयोगमा फर्निचर सहितको भान्सा घर निर्माण भएको हो ।
भान्सा घर हस्तान्तरण कार्यक्रम लायन्स डिष्ट्रिक्ट ३२५ इन्टरनेशनलका ड्राइरेक्टर राजन लम्सालको प्रमुख आतिथ्यता तथा डिष्ट्रिक्ट गभर्नर सुर्य कुमार केसीको अध्यक्षतामा भएको हो । कार्यक्रममा भान्सा घरको उद्घाटन गर्दे प्रमुख अतिथि लम्सालले वाल गृहमा निर्माण भएको यो संरचनाबाट लायन्सहरुको सम्बन्ध जिल्लामा अझ प्रगाढ हुने र आगमी दिनमा लमजुङमा धेरै परियोजनाहरु गर्न सकिने वताउनुभयो । उहाँले निर्माण गर्नु मात्र ठूलो कुरा नभएको तर यसको प्रयोग कसरी र कहाँ भएको सो कुराले उद्धेश्य पुरा गर्ने वताउनुभयो ।
लायन्स डिष्ट्रिक्ट ३२५ इन्टरनेश्नलका निर्वतमान गर्भनर विनोद ढुगांनाले यो परियोजना वालगृहमा निर्माण गर्नुको उद्धेश्य वारे प्रकाश पार्दै यस भवनले वालगृहमा संरक्षणमा रहेका वालवालिकाको नैसरर्गिक अधिकारको एक पाटोमा टेवा पुग्ने वताउनुभयो । कार्यक्रममा भान्सा घर निर्माण परियोजनाका अध्यक्ष पायल शर्मा दनाईले लमजुङ जिल्लाका लायन्सहरुको अस्तित्वलाई यस भान्सा घरले सधै जिवित राख्ने र लमजुङका लायन्सहरुको परिकल्पना पुरा गर्न सहयोग गरेकोमा लायान्स डिष्ट्रिक्ट ३२५ इन्टरनेशनल प्रति अभार व्यक्त गर्दै आगामी दिनमा वालगृहलाई निरन्तर सहयोग गर्र्ने वताउनुभयो ।
वालगृहका अध्यक्ष सानुमाया गुरुङ र सचिव हुमा गुरुङले वाल गृह स्थापना गर्नुको उद्धेश्य र यसले गरेको गतिविधि वारे जानकारी गराउदै वालगृहको भान्सा घर निर्माणमा गरेको सहयोग प्रति लायन्स डिष्ट्रिक्ट ३२५ इन्टरनेश्नल र लमजुङका लायन्स क्ल्वहरुलाई धन्यबाद व्यक्त गर्नुभएको थियो ।
सम्झौता अनुसार एक करोड नौ लाख १६ हजार तीनसय चार रुपैया ८५ पैसामा निर्माण भएको फर्निचर सहितको भान्सा घरमा भान्सको लागि स्टोर र डाइनिक सहित आवश्यक भाडा कुडा समावेश छ ।
भान्सा घर निर्माणको लागि बेसीशहरमा रहेका ४ वटा क्लवहरु लायन्स क्लव लमजुङ टुगेदर वि क्यान, लायन्स क्लव अफ लमजुङ बेसीशहर, लायन्स क्लव अफ लमजुङ दरवार र लायन्स क्लव अफ लमजुङ टुगेदर वि सवले पहल गरेको हो । कार्यक्रममा वालगृहका पदाधिकारीहरु, ल्यान्स डिष्ट्रिक्टका पदाधिकारीहरु, लयान्स क्ल्व लमजुङका पूर्व अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन डिष्ट्रिक क्याविनेट सेक्रेटरी अनुज श्रेष्ठले गर्नुभएको थियो ।

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन
मर्स्याङदी समाचार, १२ असोज एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ ।
राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै
मर्स्याङदी समाचार, १२ कार्तिक जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको

राति ७ बजेपछि लमजुङ हुँदै मनाङ जाने सवारी चलाउन नपाइने
मर्स्याङदी समाचार, १२ कार्तिक सम्भावित भारी वर्षा र त्यसबाट बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रातिको समयमा





.jpeg)
प्रतिकृया दिनुहोस