Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

संयुक्त भूपू सैनिक सहकारीको १३ औँ स्थापना दिवस, ४५ करोड बढी कारोबार

SITENAME

मर्स्याङदी समाचार, २४ कार्तिक     
लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले १३ औँ स्थापना दिवस मनाएको छ ।


संस्थाका अध्यक्ष नेत्रमान गुरुङको अध्यक्षतामा मंगलबार संस्थाको कार्यालयमा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । 
स्थापना दिवसको अवसरमा संस्थाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङलाई आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम ग्रहण गर्दै महासंघका अध्यक्ष सन्देश पौडेलले सहकारी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव सुवेदार कृष्ण घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।


२०७० साल भदौमा ३ सय ४९ जना सदस्य जम्मा गरी दर्ता भएको संस्था सोही वर्षको कार्तिक २४ गतेदेखि औपचारिक रुपमा कार्यालय स्थापना गरी सञ्चालनमा आएको हो । हाल संस्थामा ३ हजार ६ सय ७४ जना सदस्य रहेका छन् । संस्थाको कार्तिक २३ गतेसम्मको कारोबार ४५ करोड ८ लाख ९९ हजार ८ सय ४० रुपैयाँ रहेको व्यवस्थापक अनिल गुरुङले जानकारी दिनुभयो ।


संस्थाको आर्थिक वर्ष २०८२÷०८३ मा शेयर पुँजी २ करोड ३ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, बचत निक्षेप ३८ करोड ४७ लाख १४ हजार ९५ रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २०.०८ प्रतिशतले वृद्धि भएको हो । सोही आर्थिक वर्षमा संस्थाले २९ करोड ३८ लाख ९ हजार ४ सय ७ रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ करोड ६१ लाख ५ हजार २ सय ४२ रुपैयाँ ६८ पैसा रहेको छ ।


आर्थिक वर्ष २०८१÷०८२ मा ३६ करोड ३२ लाख ८२ हजार ७८ रुपैयाँ रहेको संस्थाको कुल वासलात आर्थिक वर्ष २०८२÷०८३ मा बढेर ४४ करोड ७ लाख ९२ हजार ९ सय ७९ रुपैयाँ ३ पैसा पुगेको छ । सोही आर्थिक वर्षमा संस्थाले ३८ लाख १८ हजार ५ सय ३३ रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोर्दीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

मर्स्याङदी समाचार, २४ कार्तिक  लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।   मंगलबार

इप्रका भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला

मर्स्याङदी खवर, कार्तिक २४ । लमजुङमा कार्यरत एक प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत इलाका प्रहरी

SITENAME

संयुक्त भूपू सैनिक सकोसद्वारा पत्रकार महासंघलाई १० हजार सहयोग

मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रहेको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो

↑