Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

दोर्दीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

SITENAME

मर्स्याङदी समाचार, २४ कार्तिक 

लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

 

मंगलबार साँझ करिब ६ बजे पहिरेबाट सेरातर्फ आउँदै गरेको बा.३३ प ६९६९ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग.६ प ९३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा दोर्दी गाउँपालिका–४ सेरा निवासी ३३ वर्षीय उत्तम थापा मगर र ४२ वर्षीय सुनबहादुर तामाङ घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

घाइते दुवैलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएको छ । दुर्घटनामा दुवै मोटरसाइकलमा क्षति पुगेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

इप्रका भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला

मर्स्याङदी खवर, कार्तिक २४ । लमजुङमा कार्यरत एक प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत इलाका प्रहरी

SITENAME

संयुक्त भूपू सैनिक सकोसद्वारा पत्रकार महासंघलाई १० हजार सहयोग

मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रहेको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो

SITENAME

संयुक्त भूपू सैनिक सहकारीको १३ औँ स्थापना दिवस, ४५ करोड बढी कारोबार

मर्स्याङदी समाचार, २४ कार्तिक      लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपू सैनिक

↑