इप्रका भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला
मर्स्याङदी खवर, कार्तिक २४ ।
लमजुङमा कार्यरत एक प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मकवानपुरको हेटौँडामा मृत फेला परेका हुन् ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका–३ घर भई हाल इलाका प्रहरी कार्यालय भोटेओडार, लमजुङमा दरबन्दी भई कार्यरत ३३ वर्षीय गुरुङ हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङको २०८३ कात्तिक २३ गते राति १० बजेदेखि २ बजेसम्म सुन्दरबजार नगरपालिका–९ सिउँडीबारमा ड्युटी रहेको थियो । तर उनी तोकिएको समयमा ड्युटीमा उपस्थित नभएपछि ब्यारेकमा खोजी गर्दा समेत फेला परेका थिएनन् ।
यसैबीच, मंगलबार बिहान चारवजे आसपासमा मकवानपुरको हेटौँडा–८ ओमनगरस्थित घरमा उनी मृत फेला परेको जानकारी प्राप्त भएको लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार उनी तिहारको टीका लगाउन हेटौडास्थित कान्छी श्रीमतीका दाइ भाडामा बस्दै आएको घरमा पुगेका थिए । घटनाका बेला कान्छी श्रीमती पनि घटनास्थलमा रहेको बताइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक जादोलाल यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिई घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट समेत प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले कात्तिक २४ गते बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय लमजुङलाई जानकारी गराएको थियो । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दोर्दीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार

संयुक्त भूपू सैनिक सकोसद्वारा पत्रकार महासंघलाई १० हजार सहयोग
मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रहेको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो

संयुक्त भूपू सैनिक सहकारीको १३ औँ स्थापना दिवस, ४५ करोड बढी कारोबार
मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपू सैनिक




प्रतिकृया दिनुहोस