Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

संयुक्त भूपू सैनिक सकोसद्वारा पत्रकार महासंघलाई १० हजार सहयोग

SITENAME

मर्स्याङदी समाचार, २४ कार्तिक
लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रहेको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङलाई आर्थिक सहयोग गरेको छ ।


संस्थाले मंगलबार आफ्नै कार्यालयमा स्थापना दिवसको कार्यक्रम आयोजना गरी महासंघको भवन निर्माणका लागि १० हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।


संस्थाका अध्यक्ष नेत्रमान गुरुङले पत्रकार महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष सन्देश पौडेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष गुरुङले पत्रकार महासंघको भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आर्थिक सहयोग गरेको बताउनुभयो ।


सहयोग रकम हस्तान्तरण कार्यक्रममा सकोसका शेयर सदस्य तथा सञ्चारकर्मी खुशीमाया गुरुङ, सहकारीका उपाध्यक्ष सुबेदार चित्रबहादुर गुरुङ, पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोर्दीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

मर्स्याङदी समाचार, २४ कार्तिक  लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।   मंगलबार

इप्रका भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला

मर्स्याङदी खवर, कार्तिक २४ । लमजुङमा कार्यरत एक प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत इलाका प्रहरी

SITENAME

संयुक्त भूपू सैनिक सहकारीको १३ औँ स्थापना दिवस, ४५ करोड बढी कारोबार

मर्स्याङदी समाचार, २४ कार्तिक      लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपू सैनिक

↑