मंसिर २३ गतेदेखि १८ औं युनाईटेड कप २०८३ हुने

मर्स्याङदी समाचार, ३ मंसिर
लमजुङको मर्स्याङदी गाउँपालिकामा १८ औं युनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङदी गाउँपालिका वडा नं. २ घनपोखरामा रहेको युनाइटेड बीच युवा क्लबले यहि मंसिर २३ गतेदेखि २७ गतेसम्म वडा स्तरीय युनाईटेड कप २०८३ आयोजना गर्ने जनाएको छ ।
क्लवले बुधवार बेसीशहरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालन बारे जानकारी गराएको हो । कार्यक्रममा क्लवका अध्यक्ष भक्तबहार गुरुङले युनाइटेड कप सञ्चालन गर्नुको उदेश्य, खेल सञ्चालनको लागि अनुमानित आम्दानि खर्च तथा क्लवले गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य, अनुशासन, गतिशिलता–स्थानीय युवा खेलाडीलाई प्रोत्साहन र प्राथमिकता भन्ने नाराका साथ सञ्चालन हुने युनाइटेड कपमा आयोजक टिम सहित मर्स्याङदी गाउँपालिका अन्र्तगतका ९ वडाबाट ९ टिम सहित १० टिमको सहभागिता रहनेछ ।
गाउँपालिकामा रहेको युवा खेलाडीहरुलाई प्राथामिकतामा राखी युवाहरुको कौशलता र क्षमताको विकास गर्न प्रयोगिता आयोजना गरिएको क्लवका अध्यक्ष भक्त वहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कर राशी नगद एक लाख रुपैया र खसी रहेको छ भने द्धितिय पुरस्कार नगद रु. ६० हजार र खसी रहेको छ । सेमीफाइनल सम्म पुग्ने दुई टिमलाई १५÷१५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैगरी अनुशासित टीमलाई नगद रु १० हजार र सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । पत्रकार भेटघाटका क्रममा अध्यक्ष गुरुङले प्रतियोगिता सञ्चालनको लागि ८ लाख ५० हजार बराबरको अनुमानित आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो ।
स्थानीय प्रतिभाको पहिचान तथा युवाहरुलाई फुटबल खेलप्रति उत्प्रेरित गराउने, युवाहरु बीच भातृत्व मैत्री सम्वन्ध कायम गर्ने तथा स्थानिय खेल पर्यटनको विकास एवं प्रवद्र्धन गर्ने उदेश्यका साथ क्लवले प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता मर्स्याङदी गाउँपालिका २, घनपोखरास्थित केकेम खेलमैदानमा हुनेछ ।
क्लवले वडास्तरीय फुटबल प्रतियोगिता सँगै भेट्रान्स फुटबल, महिला पुरुष दुवै तर्फ डोरी तान्ने प्रतियोगिता, र कुर्चिचाल आयोजना गर्ने भएको छ । साथमा सेर्का नाँच, कृष्ण चरित्र, झाँकी प्रर्दशनी लगायत विभिन्न सास्कृतिक कार्यक्रमहरु सञ्चालन हुने क्लवका सचिव पुष्पराज गुरुङले बताउनुभयो ।
युनाइटेड बीच युवा क्लवले समुदाय स्ततरमा विभिन्न सामाजिक कार्यक्रमहरु समेत गर्दै आएको जनाएको छ । आगालागी पीडित, मृगौला पीडित, क्यान्सर पीडित लाई सहयोग, विपन्नलाई स्वास्थ्य विमा र विद्यालयमा सहयोग, खोलामा करेन्ट, विष तथा वम प्रयोग गरी माछा मार्ने गतिविधिलाई बन्द गरी कारवाहीको दायरामा ल्याउने प्रक्रियामा सहयोग गरेको जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष, उपाध्यक्ष, पुर्वअध्यक्ष, जिल्लास्थिती विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी लगायत क्लवका सदस्यहरुको उपस्थिती थियो ।

२० विद्यार्थीलाई ‘माया ममताका साथ शिक्षा’ छात्रवृत्ति
मर्स्याङदी समाचार, ३ मंसिर नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनको सहयोग तथा सर्वोदय सेवाश्रमको संयोजनमा २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

उपलब्धिको समीक्षा गर्दै आगामी योजनाको खाका कोर्दै सुन्दरबजार
मर्स्याङदी समाचार, २ मंसिर सुन्दरबजार नगरपालिकाको सभाहलमा बुधबार पालिकामा सञ्चालित परियोजनाको वार्षिक समीक्षा तथा आगामी वर्षका कार्यक्रम र

सरुवा भएर आउने ट्राफिक प्रहरीलाई अब बेडको झन्झट नहुने
मर्स्याङदी समाचार, २ मंसिर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी कर्मचारीहरुको सहजताका लागि समाजसेवी तथा युवा व्यवसायी मदन गुरुङले






प्रतिकृया दिनुहोस