मर्स्याङ्दीमा स्त्रीरोग शिविर सुरु, १२९ महिलाले लिए सेवा

मर्स्याङदी समाचार, २८ कार्तिक
मर्स्याङ्दी गाउँपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविर सुरु भएको छ । शिविरको पहिलो दिन शनिबार १ सय २९ जना महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स र स्वदेशी नेपालको प्रायोजन तथा मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन वडा नं. ७ र ८ का महिलालाई लक्षित गरी भुलभुले स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको हो । शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलामध्ये एक जनालाई विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार काठमाडौंमा निःशुल्क उपचार गरिने भएको छ ।
शिविरमा वडा नं. ७ का वडाध्यक्ष तिलबहादुर गुरुङ, जनप्रतिनिधि, स्वदेशी नेपालका कार्यक्रम संयोजक भेषबहादुर खड्का, महिलाका लागि महिला संस्था नेदरल्यान्ड्सका नेपाल प्रतिनिधि विश्वनाथ पौड्याल तथा महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
कार्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन हुने शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
विशेषगरी पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित महिलाका लागि शिविर महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले सबै महिला दिदीबहिनीलाई आफ्नो वडामा सञ्चालन हुने शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन आग्रह गरेको छ ।

दोर्दीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार
इप्रका भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला
मर्स्याङदी खवर, कार्तिक २४ । लमजुङमा कार्यरत एक प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत इलाका प्रहरी

संयुक्त भूपू सैनिक सकोसद्वारा पत्रकार महासंघलाई १० हजार सहयोग
मर्स्याङदी समाचार, २४ कार्तिक लमजुङको बेसीशहर नगरपालिका–८ नारायणस्थानमा मुख्य कार्यालय रहेको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो




प्रतिकृया दिनुहोस