२० विद्यार्थीलाई ‘माया ममताका साथ शिक्षा’ छात्रवृत्ति

मर्स्याङदी समाचार, ३ मंसिर
नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनको सहयोग तथा सर्वोदय सेवाश्रमको संयोजनमा २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
राइनास नगरपालिकाभित्रका नौवटा माध्यमिक विद्यालय र सुन्दरबजार नगरपालिका–७ पाउँदीस्थित मर्स्याङ्दी आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । सर्वोदय सेवाश्रममा आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उपस्थितिमा फाउन्डेसनका संस्थापकद्वय परमेश्वर कार्की र तोमोतो यामातो (चमेली) ले छात्रवृत्ति वितरण गर्नुभएको थियो ।
‘माया ममताका साथ शिक्षा’ नाम दिइएको उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनोट भएका प्रत्येक विद्यार्थीलाई वार्षिक पाँच हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । विगत १० वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमको उद्देश्य विद्यार्थीलाई स्टेशनरी तथा पोसाक खरिदमा सहयोग पु¥याउनुका साथै अध्ययनका लागि प्रोत्साहन गर्नु रहेको फाउन्डेसनका संस्थापक कार्कीले जानकारी दिनुभयो ।
नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनले लमजुङमा २०७२ सालमा राइनासकोट गाउँ पुनर्निर्माणबाट आफ्नो सहयोग यात्रा सुरु गरेको हो । त्यसयता सर्वोदय सेवाश्रममार्फत शिक्षा, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा निरन्तर सद्भावनापूर्ण सहयोग गर्दै आएको छ ।

मंसिर २३ गतेदेखि १८ औं युनाईटेड कप २०८३ हुने
मर्स्याङदी समाचार, ३ मंसिर लमजुङको मर्स्याङदी गाउँपालिकामा १८ औं युनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङदी गाउँपालिका वडा नं.

उपलब्धिको समीक्षा गर्दै आगामी योजनाको खाका कोर्दै सुन्दरबजार
मर्स्याङदी समाचार, २ मंसिर सुन्दरबजार नगरपालिकाको सभाहलमा बुधबार पालिकामा सञ्चालित परियोजनाको वार्षिक समीक्षा तथा आगामी वर्षका कार्यक्रम र

सरुवा भएर आउने ट्राफिक प्रहरीलाई अब बेडको झन्झट नहुने
मर्स्याङदी समाचार, २ मंसिर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी कर्मचारीहरुको सहजताका लागि समाजसेवी तथा युवा व्यवसायी मदन गुरुङले






प्रतिकृया दिनुहोस