Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

पुस ८ देखि तेस्रो मर्स्याङ्दी महोत्सव, २० हजार दर्शक भित्र्याउने लक्ष्य

SITENAME

मर्स्याङदी समाचार, ६ मंसिर
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना हुने भएको छ । आगामी पुस ८ गतेदेखि १२ गतेसम्म पाँच दिन सञ्चालन हुने महोत्सव मर्स्याङ्दी गाउँपालिका–७ स्थित ङादी खेलमैदानमा आयोजना गरिने भएको हो । 


महोत्सवबारे जानकारी दिन आइतबार हर्सिङ डाँडामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले २० हजार दर्शक सहभागी गराउने र करिब चार करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य रहेको जनाएको छ । महोत्सव सञ्चालनका लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । यसका लागि गाउँपालिकाको स्वीकृत बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम जलविद्युत् आयोजना, टिकट बिक्री, प्रायोजन तथा स्टल भाडालगायतका स्रोतबाट जुटाइने जनाइएको छ ।


महोत्सवमा कृषि उपज, फलफूल, तरकारी, पशुपन्छी तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, हस्तकला तथा घरेलु सामग्रीको प्रदर्शनी, स्थानीय परिकारको खाना महोत्सव र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति र जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितासमेत मुख्य आकर्षणका रुपमा रहनेछन् ।


महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी किसानका उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय उद्यमशीलता बढाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य गाउँपालिकाले लिएको छ । स्थानीय कृषक, महिला समूह, युवा उद्यमी, सहकारी तथा घरेलु उद्योगलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरिनेछ ।


मर्स्याङ्दी गाउँपालिकाभित्र रहेका हर्सिङ डाँडा, सिउरुङ, घनपोखरा, भुस्मे तामाङ तथा भलामचौर होमस्टे, खानीगाउँ, जगत तातोपानी कुण्ड, बाह्रपोखरी, तलङ्यो पोखरीलगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई पनि महोत्सवले प्राथमिकता दिइने अध्यक्ष गुरुङको भनाई छ । महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन गरिएको छ।


गाउँपालिकाले महोत्सवलाई कृषि, पर्यटन, कला, संस्कृति र स्थानीय अर्थतन्त्रको विकाससँग जोड्ने साझा अभियानका रूपमा अघि बढाएको जनाएको छ । महोत्सवमा सहभागी भई सफल बनाउन गाउँपालिकाले लमजुङसहित छिमेकी जिल्ला र देशभरका नागरिकलाई आग्रह गरेको छ । कार्यक्रममा उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकिय अधिकृत विज्ञान पौडेल, गाँउपालिका भित्रका ८ वटा वडाका वडा अध्यक्षहरु, जिल्लाका संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

सुन्दरबजार बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न

मर्स्याङदी समाचार, ५ मंसिर  सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको

SITENAME

लमजुङका व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी अभिमुखीकरण

मर्स्याङदी समाचार, ५ मंसिर लमजुङका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र दायित्वबारे जानकारी गराउने उद्देश्यले एकदिने

SITENAME

लमजुङको पाउँदीमा एकादशी मेलामा दर्शानार्थीको घुइँचो 

मर्स्याङदी समाचार, ५ कार्तिक  लमजुङको सुन्दरबजार नगरपालिका– ७ पाउँदीस्थित मस्र्याङदी नदी किनारमा रहेको  कर्मदा शिवजी मन्दिर परिसरमा हरिबोधिनी

↑