दोर्दी ४ नौथरका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

मर्स्याङ्दी समाचार,
पुर्वि लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई मौरी सहितको घार वितरण गरेको छ ।
दोर्दी गाउँपालिका कृषि शाखाले किसानलाई व्यवसायीक मौरी पालन तर्फ आकर्षित गर्ने उद्धेश्यले दोर्दी ४ नौथर वडा भित्रका किसानको माग अनुसार ७५ प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको हो ।
गाउँपालिकाले नौथर कृषक समुह मार्फत दोर्दी ४ का सावित ९ ओटै वडा समेटिने गरी आधुनिक मौरी सहितको घार वितरण गरेको जनाएको छ । नौथर कृषक समुहले वडा भित्रका एक सय घर परिवारलाई प्रति घर एक मौरी घार वितरण गरेको समुहका सचिव दिप्सन गुरुङले बताउनुभयो । सो मौरी सहितको घार वितरणका लागी दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा वजेट उपलव्ध गराएको सचिव गुरुङले बताउनुभयो ।
गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानी रहेको सो मौरी सहितको घारको मुल्य नौ हजार ५ सय रुपैया रहेको नौथर कृषक समुहका अध्यक्ष लिल बहादुर गुरुङले बताउनुभयो ।
समुहले हालसम्म ४० औटा मौरीको घार वितरण गरेको जनाएको छ । वाँकी घार पनि वितरणको तयारीमा रहेको अध्यक्ष गुरुङको भनाई छ । कोरोना भाईरस संक्रमण जोखिम तथा जारी निशेधाज्ञालाई ध्यानमा राखि कृषकलाई गोला सहितको मौरी घार वितरण कार्यक्रम सञ्चालन गरेको नौथर कृषक समुहले जनाएको छ ।
जिल्लामा वर्षेनी मौरी उत्पादनमा वृद्धी हुँदै पाइएको छ । जिल्लामा स्थानियस्तर, पकेट क्षेत्र, मौरी ब्लक जस्ता कार्यक्रमहरु मार्फत मौरी पालन गदै आएसँगै वर्षेनि मौरी तथा मह उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“तिमी त मेरो स्कुले माया“
खुशीमाया गुरुङ, २ जेठ २०८२ विद्यालय जीवन, जहाँ जीवनको पहिलो अक्षर मात्र होइन, पहिलो प्रेमको मीठो अनुभूति पनि सुरु हुन्छ । त्यो बेलाको माया साधारण

सहकारी माथिको बिश्वास टुटाउने क्रियाकलाप नहोस
बासु सेढाई सर्वसाधारण नागरिकको सानो ठुलो रकम संकलन गरेर त्यसलाई उत्पादन कार्यमा लगाउने, त्यसबाट प्राप्त मुनाफाले आफु चल्ने र बचतकर्तालाई पनि फाईदा

सभ्य र समुन्नत बेसीशहरका लागि नागरीक सुझाव
बासुदेव सेढाई स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको प्रमुखमा भारि बहुमतका साथ विजयी भएर पुन दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नु








प्रतिकृया दिनुहोस