Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

दोर्दी ४ नौथरका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण 

SITENAME

मर्स्याङ्दी समाचार,
पुर्वि  लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई  मौरी सहितको घार  वितरण गरेको छ । 

 

दोर्दी गाउँपालिका कृषि शाखाले किसानलाई व्यवसायीक मौरी पालन तर्फ आकर्षित गर्ने उद्धेश्यले  दोर्दी ४ नौथर वडा भित्रका किसानको माग अनुसार ७५ प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको हो  ।


गाउँपालिकाले नौथर कृषक समुह मार्फत दोर्दी ४ का सावित ९ ओटै वडा समेटिने गरी  आधुनिक मौरी सहितको घार वितरण गरेको जनाएको छ ।  नौथर कृषक समुहले वडा भित्रका एक सय घर परिवारलाई प्रति घर एक मौरी घार वितरण गरेको समुहका सचिव दिप्सन गुरुङले बताउनुभयो । सो मौरी सहितको घार वितरणका लागी  दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा वजेट उपलव्ध गराएको सचिव गुरुङले बताउनुभयो ।

 

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानी रहेको सो मौरी सहितको घारको मुल्य नौ हजार ५ सय रुपैया रहेको नौथर कृषक समुहका अध्यक्ष लिल बहादुर गुरुङले बताउनुभयो ।  


समुहले हालसम्म ४० औटा मौरीको घार वितरण गरेको  जनाएको छ । वाँकी घार पनि वितरणको तयारीमा रहेको अध्यक्ष गुरुङको भनाई छ  । कोरोना भाईरस संक्रमण  जोखिम तथा जारी निशेधाज्ञालाई ध्यानमा राखि  कृषकलाई गोला सहितको मौरी घार वितरण कार्यक्रम सञ्चालन गरेको नौथर कृषक समुहले जनाएको छ ।  

 

जिल्लामा वर्षेनी मौरी उत्पादनमा वृद्धी हुँदै पाइएको छ । जिल्लामा स्थानियस्तर, पकेट क्षेत्र, मौरी ब्लक जस्ता कार्यक्रमहरु  मार्फत मौरी पालन गदै आएसँगै वर्षेनि मौरी तथा मह उत्पादनमा वृद्धि भएको  कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

“तिमी त मेरो स्कुले माया“

खुशीमाया गुरुङ, २ जेठ २०८२ विद्यालय जीवन, जहाँ जीवनको पहिलो अक्षर मात्र होइन, पहिलो प्रेमको मीठो अनुभूति पनि सुरु हुन्छ । त्यो बेलाको माया साधारण

SITENAME

सहकारी माथिको बिश्वास टुटाउने क्रियाकलाप नहोस 

बासु सेढाई सर्वसाधारण नागरिकको सानो ठुलो रकम संकलन गरेर त्यसलाई उत्पादन कार्यमा लगाउने, त्यसबाट प्राप्त मुनाफाले आफु चल्ने र बचतकर्तालाई पनि फाईदा

SITENAME

सभ्य र समुन्नत बेसीशहरका लागि नागरीक सुझाव 

बासुदेव सेढाई  स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको प्रमुखमा भारि बहुमतका साथ विजयी भएर पुन दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नु