जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकता : अर्याल

म राजनैतिक आस्थाका आधारमा मात्र नगरपालिका चलाउने पक्षमा छैन । नगरप्रमुखको पद सार्वजनिक हो, सार्वजनिक पदमा वस्ने मानिस साझा हुनुपर्दछ ।
–लमजुङको केन्द्रमा रहेको बेसीशहर नगरपालिका का मेयर गुमानसिंह अर्यालसँग रेडियो मस्र्याङदीका समाचार प्रमुख निरज अधिकारीले गरेको कुराकानी !
१) तपाईं मेयर पदमा निर्वाचित हुनुभएको छ, नगरको समग्र विकासमा तपाईंका योजना के के छन् ?
सर्व प्रथम ताजा अभिमतवाट म नगर प्रमुखमा निर्वाचित भए पछि मेरो अध्यक्षतामा मिति २०७४।०३।१२ गते नगरपालिकाको पहिलो वोर्ड वैठक वस्यो । सो वैठकले २५ वटा महत्वपूर्ण नीतिगत निर्णयहरु गरेको छ । ती नीतिगत निर्णयका वारेमा बजारमा चर्को वहस चल्यो । हामीले कुरा वुझाउन नसकेको कारणले कतिले त हेलिप्याड निर्माण गर्ने योजनालाई महत्वकांंक्षी योजना भन्दै नकारात्मक टिका टिप्पणी समेत गरेको पाईयो । हामीले, निर्माण गरिने हेलिप्याड स्वास्थ्यका लागि ईमरजेन्सी सेवा दिनका लागि प्रयोग हुने हो भनी वुझाउँदै आएकोले धेरैले विषयवस्तुका वारेमा वुझी सक्नु भएको छ । त्यस्तै आव ०७४÷०७५ को नीति तथा कार्यक्रममा हेलिप्याडलाई वजेट विनियोजन गरी नगरपालिका भित्र ३ वटा हेलिप्याड वन्दै छन । तत्पश्चात मिति २०७४।०३।२९ गते चौथो नगर सभा सम्पन्न भएको छ । सो नगर सभावाट हामीले पर्यावरण,पर्याटन,कृषि,यातायात, शिक्षा ,स्वास्थ्य, भौतिक निर्माण देखी लिएर सरसफाई सम्मका क्षेत्रमा वजेट विनियोजन गरेका छौ ।
२) यी योजनामध्ये प्राथमिकताका योजनाहरु के के हुन् ?
पहिलो कुरा त सवै भन्दा पहिले हामी नगरको गुरु योजना वनाउँदै छौ सो गुरु योजनाका लागि GIZ सस्थाले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिएको छ । त्यस पछि भने वेसीशहर नगरपालिकाको भौतिक तथा मानविय विकासले स्पष्ट मार्ग समात्दछ । यस वर्षको योजनामा पनि हामीले पर्यटनलाई प्राथमिकता दिएका छौ । लमजुङ दरवार स्थित कालिकाको मन्दिर जोडने रेलिङ सहितको सिँडी निर्माणको काम केही भई सकेको छ । यस वर्ष पनि पर्याप्त वजेट विनियोजन गरेका छौ । लामो दुरीका पाँचवाट सडकलाई अलि वढी रकम विनियोजन गरेका छौ र सवै वडामा वाह्रै महिना मोटर सहज रुपमा जाने वनायौ किनकी सडकमा वाढी पहिरोको कारणले अवरोध सृजना हुना साथ हामीले जिप्सी पठाई सडक खुलायौ । वालउद्यानको क्षेत्रमा पनि राम्रो लगानी गरेका छौ । कर्पुरेश्वर पार्क छिट्टै वन्दै छ । त्यसका निमित्त वजेटको व्यवस्था गरेका छौ । फ्रिज हुन लागेको यस वर्षको वजेट पनि खेर जान दिएनौ पार्कमा लगायौ । निर्माण भई सकेका सौचालयमा तलव सहित सौचालय रेखदेख गर्ने मानिसहरु राखी सौचालयलाई थप व्यवस्थित वनाउँदै छौ । शिक्षामा वढी जोड दिनुु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामीले विद्यालय तथा विद्युत उपभोक्ता सँस्था समेतमा अनुगमन शुरु गरेका छौ र ती संस्थाहरुमा आवश्यक निर्देशन समेत दिएका छौ । पर्यटन, यातायात, जलविद्युत, खानेपानी, सिँचाइ, कृषि, पशुपालन जडीवुटी, सरसफाई, तथा व्यवसायिक खेती हामीहरुको प्राथमिकता भित्र पर्दछन ।
३) यी योजना सम्पन्न गर्न नगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरु के के हुन् ?
हाम्रा सवै योजनाहरु सम्पन्न गर्न हामीलाई अरवौ रुपैयाको आवश्यकता पर्दछ । सो रकम जुटाउन हामी स्थानीय स्रोत साधन परिचालन गर्दछौ र शुरु पनि गरी सकेका छौ । व्यवसायिक तथा एकिकृत कर संकलनका निमित्त विस्तृत कर संकलन योजना वनाउँदै छौ । यसमा पनि. GIZ ले सहयोग गर्ने आश्वासन दिएको छ । अव संघ र प्रदेशको निर्वाचन हुँदै छ । संघ र प्रदेशले पनि नगरपालिकाको निमित्त वजेट विनियोजन गर्छ । हामी, NGO, INGO .संग मिलेर काम गछौ । विश्व वैँकका एशिया हेर्ने प्रतिनिधिहरुसंग हाम्रो भेटघाट समेत भई सकेको छ । वहाँहरुले शिक्षा लगायतका क्षेत्रमा लगानी गर्ने चासो व्यक्त गर्नु भएको छ । अन्य मुलुकका नगरपालिकाहरुसंग मितेरी सम्वन्ध वढाउने प्रयत्न पनि गर्छो । काम गर्ने ईच्छा हुँदा वजेटको खाँचो हुँदैन भन्ने हामीलाई लागेको छ ।
४) अहिले स्थानीय तहले स्थानीय सरकारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्न केके चुनौती देख्नुहुन्छ ?
सर्व प्रथम त स्थानिय तह संचलान सम्वन्धि ऐन कानून नै वनेको छैन । संविधानसंग वाझ्ने गरी वनाईएको स्थानिय तह संचालन तथा व्यवस्थापन सम्वन्धी आदेश २०७४ को आधारमा स्थानिय सरकारको भूमिका निर्वाह गर्नु पर्ने भएको छ, जसले गर्दा खुलेर काम गर्न सकिएको छैन । सो आदेशले स्थानिय स्रोत र साधन उपयोग गर्न अवरोध सृजना गरेको छ । दोस्रो कुरा कर्मचारी प्रशासनको भूमिका पनि सकारात्मक हुन केही समय लाग्ने भएको छ । तेस्रो कुरा आम जनताको पनि दृष्टिकोण अझै स्थानिय तह शक्तिशाली भई सकेको छ भन्ने छैन ।अधिकार विहिन भई सकेका निकाय पनि हिजकै हिँगको टालो फडकार्दे छन । प्रदेश र संघको कानून नवनेको कारणले स्थानिय तहले आफूलाई आवश्यक पर्ने कानुन वनाउन पाएको छैन । अझै स्थानिय तहलाई साझा वनाउन वह्य परिस्थितीले साथ दिई रहेको छैन । त्यसैले स्थानिय तहलाई प्रभावकारी वनाउन र जननिर्वाचित प्रतिनिधिहरु्को मनोवल वढाउन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ ।
५) स्थानीय तहमा राजनीतिक दलहरुलाई विकासको मुद्दामा सहभागी बनाउन तपाईंको भूमिका के हुन्छ ?
हाम्रो मुलुकको शासन व्यवस्था संसदिय व्यवस्थामा आधारित छ । संसदिय व्यवस्थामा राजनैतिक दलहरु हुन्छन र राजनैतिक दलको भूमिका महत्वपूर्ण पनि हुन्छ । दल विना यो मुलुक चल्दै चल्दैन । दलको कुनै विकल्प छैन । दलवाट हुने कुनै कमिकमजोरीका आधारमा दल नै चाहिदैन भन्नु न्यूनका निमित्त मुटुनै चाहिँदेन भन्नु सरह हो । म राजनैतिक आस्थाका आधारमा मात्र नगरपालिका चलाउने पक्षमा छैन । नगरप्रमुखको पद सार्वजनिक हो, सार्वजनिक पदमा वस्ने मानिस साझा हुनुपर्दछ । यो कुरा मैले राम्रैसंग वुझेको छु । मैले मेरो पार्टी तथा अन्य पार्टीसंग समेत सन्तुलित भएर काम गर्नु पर्दछ भन्ने कुरा पनि वुझेको छु । म सवै पार्टीैको सहयोग र समर्थन जुटाई काम गर्ने पक्षमा छु, यसका निमित्त आस्थाका आधारमा पूर्वाग्रह र दुराग्रह राख्नु हुँदैन । । सवै दलको सहयोग लिई विकासका मुद्दामा सवै राजनैतिक दलहरुलाई म एक ठाउँमा ल्याउने प्रयत्न गर्ने छु ।
६) तपाईंको नगरलाई अन्य नगर भन्दा फरक नगरको रुपमा विकास गर्न नगरमा भएका सम्भावनाका क्षेत्रहरु के–के हुन् ?
वेसीशहर नगरपालिकाले पर्यटनको राम्रो संभावना वोकेको छ । खासुर पात्लेपानी पुमा पुरानोकोट नाल्मा गाउँभाचोक, नरुवाल पाखाथोक, गाउँशहर लगायतका स्थानहरु ग्रामिण पर्यटनका निमित्त संभावित देखिन्छन । केही गाउँमा यसको शुरुवात समेत भई सकेको छ, वाँकी गाउँहरुमा यसको विकास गर्नु पर्ने हुन्छ । यस नगरपालिका भित्र मझौला तथा साना उद्योग धन्दाहरु पनि चल्न सक्ने देखिन्छ । अहिले पनि साना तथा घरेलु उद्योगहरु चली रहेका छन । दोर्दी, मिदिम भाचोक खोला, मस्र्याङदी नदीले प्रस्स्त जलविद्युतको संभावना वोकेको छ त्यसैले जलविधुतको पनि यो नगरपालिका संभाव्य ठाउँ हो । वाझाखेत नाल्मा पुरानोकोट गाउँशहर, वेसीशहर,चिती तथा चण्डिस्थानमा आयआर्ज गर्न सकिने अम्रिसो तथा अलैची लगायतका खेती गर्न सकिने देखिन्छ । व्यवसायिक खेतीको संभावना पनि छ किनकी ठूला ठूला फाँट यस क्षेत्रमा रहेका छन ।अवका दिनमा वेसीशहर नगरपालिकामा सौर्य वत्ति जडान हुँदैछन । हामीले सौर्य वत्तिका निमित्त वजेट विनियोजन गरेका छौ । वेसीशहर नगरपालिकालाई हामी शैक्षिक केन्द्रका रुपमा पनि विकास गछौ । व्यवशायिक रुपमा पनि लमजुङको केन्द्र वानाउँछौ । यसको चार्मिङ हामी घट्न दिँदैनौ ।
७) लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आइरहेको अवस्थामा हाल जनप्रतिनिधि निर्वाचित भएर आउँदा काम गर्न कर्मचारीसँग समन्वयको समस्या छ कि छैन ?
कर्मचारीहरु अनुभवी छन, वरु सरकारले उनीहरुको उचित व्यवस्थापन गर्न सकेको छैन । उनीहरु आफैमा आतंकित पनि देखिन्छन । स्थानिय तह जनप्रतिनिधि विहिन भएको पनि १५ वर्ष पुरा भई सकेको छ । यस अवस्थामा वहाँहरुले जन प्रतिनिधिले गर्नु पर्ने सवै काम गर्नु भयो । अदेश तथा निर्देशन आफै दिनु भयो । अव त्यो अवस्था छैन । त्यसैले वहाँहरुले आफूलार्ई इनफेरेटिभ महसुस गर्नुृ भएको छ । वहाहरुको मनोवल उठाउनु पर्दछ । कर्मचारी र जनप्रतिनिधि दुवै मिलेर स्थानिय तहको सरकार हाक्ने हो जनपक्षिय काम गर्ने हो । हामी यसमा कमी हुन दिँदैनौ । कर्मचारी र जनप्रतिनिधि एउटा रथका दुई पाङ्ग्रा हुन । अन्तमा हामीहरु पारदर्शी ढंगवाट तनमनले नगरको विकास गर्न तैयार छौ, त्यसैले आम नगरवासी, कर्मचारी ,राजनैतिक दल, वुद्धिजीवी,उद्योग व्यवसायिहरु तथा सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सहयोग गर्न हार्दिक हामी अपिल पनि गर्दछु ।

बाग्लुङपानी स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर सम्पन्न
मर्स्याङदी समाचार लमजुङको क्व्होलासोथार गाउँपालिका १ स्थित बाग्लुङपानी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । वडा नं. १ महिला

जनकल्याण साकोसद्धारा स्थापना दिवसको अवसरमा आर्थिक तथा खाद्यान्न सहयोग
मस्र्याङदी समाचार, बैशाख २० सदरमुकाम वेसीशरहमा रहेर वित्तिय कारोवार सञ्चालन गर्दै आएको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाले समाजिक सस्थालाई आर्थिक








प्रतिकृया दिनुहोस