अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग

मर्स्याङदी समाचार, ७ असोज
लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी गुरुङलाई डिप फ्रिज सहयोग गरिएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा सञ्चालित हातेमालो परियोजना अन्तर्गत उहाँलाई डिप फ्रिज सहयोग गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेकी उमा देवी र उहाँका श्रीमान् दुवै ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले २९ हजार बराबरको डिप फ्रिज उपलब्ध गराइएको आरसिडिसिका फिल्ड परिचालक डबल प्रसाद भाटले जानकारी दिनुभयो ।
डिप फ्रिज प्राप्त भएपछि गाउँमा मासु, दूध, दहीलगायतका दुग्ध तथा अन्य खाद्य सामग्री भण्डारण गरी बिक्री वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट उहाँहरुको आयआर्जनमा वृद्धि भई पारिवारिक आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
भाटका अनुसार स्थानीयस्तरमा साना व्यवसाय तथा आयआर्जनका गतिविधिलाई प्रोत्साहन गर्दै आर्थिक रुपमा कमजोर तथा अपाङ्गता भएका परिवारको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको हो । सहयोगबाट स्थानीयस्तरमै व्यवसाय विस्तार गर्न सहज हुनुका साथै परिवारको नियमित आम्दानीको स्रोत विकास हुने अपेक्षा गरिएको छ ।

विपद् राहतका लागि लमजुङका तमु (गुरुङ) समुदायको १४ लाखभन्दा बढी सहयोग
खुशी माया गुरुङ, २६ भदौ लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत

अस्ट्रेलिया स्थित ब्रिज द ग्याप नेपालले बाढीपीडितका लागि १९ लाख ५० हजार सहयोग
मर्स्याङदी समाचार, २० भदौ । अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (बीटीजीएन) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु लमजुङद्वारा रु. २१ हजार १११ सहयोग
मर्स्याङदी समाचार, १८ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी लमजुङले





प्रतिकृया दिनुहोस