भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु लमजुङद्वारा रु. २१ हजार १११ सहयोग

मर्स्याङदी समाचार, १८ भदौ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी लमजुङले २१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।
अनेरास्ववियु जिल्ला कमिटी लमजुङ तथा विभिन्न कमिटीमा आबद्ध विद्यार्थी तथा शुभेच्छुकबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको अनेरास्ववियु जिल्ला कमिटी लमजुङका अध्यक्ष प्रदिप गुरुङले जानकारी दिनुभयो ।
बाढीका कारण धेरै परिवारले घर, सम्पत्ति तथा जीवनभरका सपना गुमाउनुपरेको पीडादायी अवस्थामा सहानुभूतिको शब्दसँगै व्यवहारिक सहयोग आवश्यक रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
विपद्को समयमा विद्यार्थी संगठनको भूमिका नाराबाजी र राजनीतिक गतिविधिमा मात्र सीमित नरहने उल्लेख गर्दै सामाजिक अभियान, स्वयंसेवा, राहत, उद्धार तथा जनताको पक्षमा उभिनु पनि विद्यार्थी संगठनको जिम्मेवारी भएको गुरुङको भनाई छ ।
अध्यक्ष गुरुङले विद्यार्थीका हक, हित, अधिकार तथा शैक्षिक मुद्दाका लागि आवाज उठाउनुका साथै देश संकटमा पर्दा पीडित नागरिकको साथमा उभिनु आफ्नो संगठनको दायित्व भएको बताउनुभएको छ । “हामीले दिएको सहयोगले भोटेकोशीका सबै पीडा मेटाउन त सक्दैन । तर यसले पीडित नागरिक एक्लै छैनन् भन्ने सन्देश दिन्छ,” अध्यक्ष गुरुङले भन्नुभयो ।
अनेरास्ववियु लमजुङले सहयोगलाई प्रारम्भिक कदमका रूपमा लिँदै आगामी दिनमा आवश्यकता अनुसार स्वयंसेवक परिचालन गरी प्रभावित क्षेत्रमा पुग्ने, राहत तथा उद्धार कार्यमा प्रत्यक्ष सहभागी हुने तथा पुनर्निर्माण र पुनस्र्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग
मर्स्याङदी समाचार, ७ असोज लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी

विपद् राहतका लागि लमजुङका तमु (गुरुङ) समुदायको १४ लाखभन्दा बढी सहयोग
खुशी माया गुरुङ, २६ भदौ लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत

अस्ट्रेलिया स्थित ब्रिज द ग्याप नेपालले बाढीपीडितका लागि १९ लाख ५० हजार सहयोग
मर्स्याङदी समाचार, २० भदौ । अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (बीटीजीएन) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि





प्रतिकृया दिनुहोस