शनिबार बेसीशहर शेरामा १८ पसलमा अनुगमन,गोर्खाली फ्रेस हाउस एण्ड तरकारी पसल दर्ताविनै सञ्चालन

मर्स्याङदी समाचार, २५ असोज
लमजुङको बेसीशहरमा दैनिक जसो बजार अनुगमन भएको छ । शनिवार बेसीशहर नगरपालिका–८ स्थित शेरा बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा एक वटा शैलुन र १७ वटा किरान पसल गरी १८ वटा पसलमा अनुगमन निरीक्षण गरिएको छ ।
एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा गोर्खाली फेस हाउस एण्ड तरकारी पसल (कमला फ्रेस हाउस) दर्ताविनै सञ्चालन भइरहेको पाइएको छ । उक्त पसललाई एकसाता भित्र आवश्यक प्रक्रिया पूरा गर्ने निर्देशन दिइएको छ ।
अनुगमन टोलीले विक्रिका लागि राखिएका वस्तुको मूल्यसूची भए नभएको, सरसफाइको अवस्था, खाद्यवस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा विशेष गरी लेवल नगरिएका सामान विक्रिलागि राखिएको भेटिएको जानकारी प्राप्त भएको छ ।
अनुगमनका क्रममा व्यवसायीले विगतका अनुगमनमा दिइएका निर्देशन पालना गरेको पाइए पनि केही व्यवसाय बेसीशहर नगरपालिका कार्यालयमा सूचीकृत नभएको देखिएको छ । त्यस्ता व्यवसायलाई तत्काल नगरपालिकामा सूचीकृत हुन निर्देशन दिइएको छ । साथै, व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षासम्बन्धी आवश्यक सुझावसमेत प्रदान गरिएको छ ।
चाडपर्वका समयमा हुन सक्ने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन समितिले जनाएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, बेसीशहर नगरपालिकाका प्रतिनिधि रेशमबहादुर घिमिरे, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिता केसी मिश्र तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा
खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण
मर्स्याङदी समाचार, २५ असोज गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण







प्रतिकृया दिनुहोस