घलेगाउँ पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न

मर्स्याङदी समाचर, २५ असोज
नेपालमा ग्रामीण घरबास (होमस्टे) पर्यटनको सुरुवात र प्रवर्दनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको लमजुङको घलेगाउँमा घलेगाउँ पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ऐतिहासिक, सार्क नमुना गाउँ तथा देशकै पहिलो स्मार्ट भिलेजका रुपमा परिचित घलेगाउँमा आयोजित साधारण सभा समितिका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षता तथा क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले घलेगाउँको पर्यटन विकासले स्थानीयको आयआर्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले घलेगाउँको मौलिक कला, संस्कृति, परम्परा र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्दन गर्दै पर्यटनलाई थप व्यवस्थित र दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्व्होलासोथार गाउँपालिका–३ का वडाध्यक्ष आश्बिर गुरुङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), भुजुङका कार्यालय प्रमुख प्रमोदराज रेग्मी विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो ।
साधारण सभाका अवसरमा उत्कृष्ट होमस्टे सञ्चालक तथा स्थानीय तहमा उल्लेख्य कर योगदान पु¥याउने करदातालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । वर्षको उत्कृष्ट होमस्टेतर्फ होमस्टे नम्बर ९ का सञ्चालक विष्णु गुरुङ सम्मानित हुनुभएको छ ।
त्यसैगरी, स्थानीय तहमा सर्वाधिक कर योगदान पु¥याएबापत होमस्टे नम्बर ४४ का गंगाबहादुर घले र टिएम होलिडे होमका नवराज घलेलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
स्थानीय आमा समूह, युवा क्लब, होमस्टे सञ्चालक तथा बुद्धिजीवीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा घलेगाउँको पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण, युवा तथा महिलाको स्वरोजगार, स्थानीय राजस्व वृद्धि र मौलिक गुरुङ संस्कृतिको संरक्षणमा होमस्टे पर्यटनले पु¥याउँदै आएको योगदानबारे चर्चा गरिएको थियो ।
ग्रामीण पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै आएको घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा परिचित छ । यहाँको होमस्टे पर्यटनले स्थानीय समुदायको आयआर्जन बढाउनुका साथै परम्परागत कला, संस्कृति र जीवनशैलीको संरक्षणमा समेत सहयोग पु¥याउँदै आएको छ । कार्यक्रमको सञ्चालन समितिका सचिव उमलबहादुर विकले गर्नुभएको थियो ।

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा
खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण
मर्स्याङदी समाचार, २५ असोज गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण







प्रतिकृया दिनुहोस