मोडल सिटी हस्पिटलको निःशुल्क मानसिक स्वास्थ्य शिविरबाट ५० जना लाभान्वित

मर्स्याङदी समाचार, २५ असोज
लमजुङको बेसीशहर नगरपालिका–७ स्थित मोडल सिटी हस्पिटल प्रा.लि.ले विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आयोजना गरेको निःशुल्क मानसिक स्वास्थ्य शिविरबाट ५० जना लाभान्वित भएका छन् ।
मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान, उपचार, परामर्श तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरमा ३० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तथा नियमित रुपमा मानसिक रोगको औषधि सेवन गरिरहेका उनीहरुलाई स्वास्थ्य परीक्षण, प्रयोगशालासम्बन्धी सेवा तथा औषधि निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
त्यस्तै, अन्य २० जनालाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श, आवश्यक जानकारी तथा जनचेतनामूलक सेवा प्रदान गरिएको थियो । शिविरमा प्राज्ञ डा. सन्देश काफ्लेसहितको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमार्फत मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी उचित उपचार तथा परामर्श लिनुपर्ने सन्देश प्रवाह गरिएको अस्पतालले जनाएको छ । साथै, मानसिक रोगप्रति समाजमा विद्यमान भ्रम, संकोच र नकारात्मक धारणालाई न्यूनीकरण गर्न पनि कार्यक्रमले सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित शिविरले मानसिक स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा
खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण
मर्स्याङदी समाचार, २५ असोज गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण







प्रतिकृया दिनुहोस