Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

हातेमालो साकोसको उपहार योजनामा ३ जनाले पाए खसी, ८ जनालाई इन्डक्सन चुलो

SITENAME

मर्स्याङदी समाचार, २५ असोज
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा अन्तर्गत सञ्चालित उपहार योजनामा तीन जना सदस्यले खसी र आठ जनाले इन्डक्सन चुलो उपहार प्राप्त गरेका छन् ।


सहकारीले मुख्य कार्यालयसहित खुदी र भोटेवडार सेवा केन्द्रमा एकाइगत रुपमा साधारण सभा सम्पन्न गर्दै सदस्यका लागि गोलाप्रथाबाट विभिन्न उपहार वितरण गरेको हो । योजना अन्तर्गत मुख्य कार्यालयमा ३५ जना तथा खुदी र भोटेवडार सेवा केन्द्रमा २५÷२५ जना सदस्यले विभिन्न उपहार प्राप्त गरेका छन् ।


मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बेसीशहर नगरपालिका–९, बिम्दाबेँसीकी अर्पणा गुरुङले करिब ३३ किलोको खसी प्राप्त गर्नुभएको थियो । त्यसैगरी, खुदी सेवा केन्द्रमा आयोजित कार्यक्रममा मर्स्याङदी गाउँपालिका–८, बान्द्रेकी हिरादेवी घले र भोटेवडार सेवा केन्द्रमा दोर्दी गाउँपालिका–६, हरिगाउँकी मैता गुरुङले खसी उपहार प्राप्त गर्नुभएको हो ।


खुदी सेवा केन्द्रमा दुई जनाले इन्डक्सन चुलो र अन्य २२ जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । भोटेवडार सेवा केन्द्रमा धनबहादुर गुरुङ र सुसीना तामाङले इन्डक्सन चुलो उपहार पाउनुभएको छ । अन्य सदस्यले पनि चिनी, चियापत्ती, साबुन, सर्फ तथा चकलेटलगायतका उपहार प्राप्त गरेका छन् ।


खुदीमा उपहार विजेतालाई सहकारीका अध्यक्ष प्रभुराम प्रधान र संस्थापक सेयर सदस्यसमेत रहनुभएका मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उपहार हस्तान्तरण गर्नुभएको थियो । भोटेवडारमा संस्थाका उपाध्यक्ष राजेन्द्र बोहोरा, सचिव गोपाल परियार र निर्वाचन उपसमिति सदस्य रेशमलाल श्रेष्ठलगायतले उपहार वितरण गर्नुभएको थियो ।


सहकारीका मुख्य प्रबन्धक हिराबहादुर रावलका अनुसार साधारणसभामा समयमै उपस्थित भई कार्यक्रमको अन्तिमसम्म बस्ने सदस्यलाई प्रदान गरिएको कुपनका आधारमा गोलाप्रथा गरी उपहार छनोट गरिएको हो । सदस्यको सक्रिय सहभागिता बढाउनुका साथै संस्थाप्रति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले उपहार कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उपहार कार्यक्रममा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको सहकारीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा

खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

SITENAME

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण 

मर्स्याङदी समाचार, २५ असोज  गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

SITENAME

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन

मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण

↑