Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

जनकल्याण साकोसको कुल सम्पत्ति ९५ करोड बढी

SITENAME

मर्स्याङदी समाचार, २५ असोज
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति ९५ करोड ७० लाख ३१ हजार ६ सय २८ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा सहकारीको कुल सम्पत्तिसँगै जगेडा कोष १४ करोड ८४ लाख ७ हजार ८२ रुपैयाँ पुगेको छ ।


शनिबार बेसीशहरमा आयोजित जनकल्याण साकोसको २०औँ वार्षिक साधारणसभामा संस्थाका गतिविधि, कार्यक्रम तथा आर्थिक विवरण प्रस्तुत गरिएको हो । साधारणसभा संस्थाका अध्यक्ष ताराराज घलेको अध्यक्षता तथा बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


साधारणसभाको उद्घाटन गर्दै उपप्रमुख गुरुङले सहकारीको आफ्नै नीति, नियम तथा मूल्य मान्यता हुने भएकाले तिनको परिधिभित्र रहेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी आयआर्जनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका सहकारीले विगतका वर्षमा विभिन्न आरोह अवरोह पार गर्दै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पु¥याएको उहाँले बताउनुभयो । 


उहाँले प्रत्येक सहकारीले आफ्ना सदस्यसँग निरन्तर संवाद गर्नुपर्ने, सदस्यको हितका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिवेदनमा जनकल्याण साकोसले पनि सोहीअनुसार काम गरेको देखिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।


सहकारीले उद्योग, व्यापार तथा व्यवसायका क्षेत्रमा कर्जा प्रवाह गर्दै आए पनि ऋणीले कर्जा उद्देश्यअनुरूप खर्च गरे–नगरेको विषयमा कर्मचारी तथा पदाधिकारीले नियमित अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । जनकल्याण साकोसले मुख्य कार्यालय र आठवटा सेवाकेन्द्र गरी नौवटा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा ७ करोड ७ लाख ४५ हजार ३ सय रुपैयाँ रहेको संस्थाको शेयर पुँजी चालु आर्थिक वर्षमा ६ करोड ९१ लाख ४ हजार ४ सय रुपैयाँ रहेको छ ।


आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाले ७१ करोड २३ लाख २२ हजार ५१ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ४६ करोड ९५ लाख ७५ हजार १ सय ९२ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको खुद मुनाफा २ लाख ९३ हजार ५ सय ६३ रुपैयाँ रहेको कोषाध्यक्ष पूर्ण सिं गुरुङले जानकारी दिनुभयो ।


२७ जना सदस्यबाट सुरु भएको जनकल्याण साकोसमा हाल सदस्य सङ्ख्या १३ हजार ५३६ पुगेको सहकारीका प्रबन्धक झमप्रसाद गुरुङले बताउनुभयो । साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय, सेवामूलक तथा सामाजिक कार्य गर्दै आएको जनाएको छ । 


संस्थाका सचिव क्याप्टेन चित्रबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष ठाकुरप्रसाद गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बेसीशहर क्षेत्र विकास सहकारी समन्वय समितिका अध्यक्ष सावित्रा तामाङ, तमु ह्युला छोजी धी जिल्ला कार्यसमितिका सचिव गणेश गुरुङ, प्याब्सन लमजुङका उपाध्यक्ष विमल अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सहकारीले सदस्यहरुको आर्थिक विकास तथा सामाजिक क्षेत्रमा गरेका गतिविधिले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । 


कार्यक्रममा साकोसका सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने बेसीशहर–७ की मिनमाया श्रेष्ठ र बेसीशहर–८ का वीरेन्द्र तामाङलाई सम्मान गरिएको थियो ।  त्यसैगरी, एसईई परीक्षामा ३.२० भन्दा बढी जीपीए प्राप्त गर्न सफल १९ जना बाल सदस्यलाई पनि सम्मान गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा

खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

SITENAME

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण 

मर्स्याङदी समाचार, २५ असोज  गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

SITENAME

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन

मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण

↑