बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण

मर्स्याङदी समाचार, २५ असोज
गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले गोरखाको उत्तरी क्षेत्र हुँदै धादिङसम्म असर पु¥याएको छ भने करिब ४० घर र दुईवटा पक्की पुलसहितका संरचना बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
\
नेपाली सेनाका अनुसार आइतबार बिहान ५ः५५ बजे बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएपछि प्रभावित क्षेत्रमा सुरक्षा टोली परिचालन गरी खोज तथा उद्धार कार्य सुरु गरिएको थियो ।
उद्धार कार्यका लागि बिहान ६ः३६ बजे नेपाली सेनाको हेलिकप्टर गोरखातर्फ उडेको थियो । बिहान ८ः३५ बजे चुमनुब्री गाउँपालिका–३ को जगत क्षेत्रबाट हेलिकप्टरमार्फत ६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
बाढी बिहान ८ बजे गोरखाको आरुघाट र ९ः३० बजे धादिङको सल्यानटार पुगेको थियो । त्यसपछि धादिङको बेनीघाट क्षेत्रमा समेत बाढी पुगेको विवरण प्राप्त भएको छ ।
बाढीका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायका टोली परिचालन गरी खोज, उद्धार तथा राहतका कार्य अघि बढाइएको छ ।

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा
खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण

घलेगाउँ पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न
मर्स्याङदी समाचर, २५ असोज नेपालमा ग्रामीण घरबास (होमस्टे) पर्यटनको सुरुवात र प्रवर्दनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको लमजुङको घलेगाउँमा घलेगाउँ







प्रतिकृया दिनुहोस