Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा

SITENAME

खुशी माया गुरुङ, २५ असोज
लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा आएको छ । लोप हुँदै गएको नेपाली मौलिक मनोरञ्जन संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले पुरानोडिही वन उपभोक्ता समितिले रोटेपिङ निर्माण गरेको हो ।


बडादशैँ तथा शुभदीपावली २०८३ को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा उद्घाटन कार्यक्रम गरी रोटेपिङ सञ्चालनमा ल्याइएको हो । गत भदौको अन्तिम सातादेखि निर्माण सुरु गरिएको रोटेपिङ बनाउन करिब एक लाख १५ हजार रुपैयाँ खर्च भएको समितिका सदस्य निश्चल रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार रोटेपिङ निर्माणका लागि आवश्यक सालको काठ गत वर्ष सुन्दरबजार सबडिभिजन वन कार्यालयबाट अनुमति लिएर काटिएको थियो ।


पुरानोडिही वन उपभोक्ता समिति तथा युवा समूहको आयोजनामा भएको कार्यक्रम समितिका अध्यक्ष श्रीकान्त रेग्मीको अध्यक्षता तथा सबडिभिजन वन कार्यालय सुन्दरबजारका प्रमुख रमेश जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन समितिका सचिव पार्वती पौडेलले गर्नुभएको थियो ।


दशैँ, तिहारमा गाउँघरको प्रमुख आकर्षणका रुपमा रहने रोटेपिङ पछिल्लो समय हराउँदै जान थालेको छ । परम्परागत संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई पुरानो मनोरञ्जनको माध्यमसँग परिचित गराउने उद्देश्यले रोटेपिङ निर्माण गरिएको समितिले जनाएको छ ।


रोटेपिङ सञ्चालनमा आएसँगै स्थानीयवासी तथा अन्नपूर्ण मन्दिरमा आउने भक्तजनले मनोरञ्जन लिन पाउने भएका छन् ।
 

प्रतिकृया दिनुहोस
SITENAME

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण 

मर्स्याङदी समाचार, २५ असोज  गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

SITENAME

जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन

मर्स्याङदी समाचार, २५ असोज लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण

SITENAME

घलेगाउँ पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न

मर्स्याङदी समाचर, २५ असोज नेपालमा ग्रामीण घरबास (होमस्टे) पर्यटनको सुरुवात र प्रवर्दनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको लमजुङको घलेगाउँमा घलेगाउँ

↑