मर्स्याङ्दी बेसी समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रोपावरको प्रतिबद्धता

मर्स्याङदी समाचार, २५ असोज ।
दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । काठमाण्डौमा भएको कम्पनीको १९ औँ बार्षिक साधरण सभाका अवसरमा लगानी कर्ताहरुलाई विश्वस्त पार्दै आयोजनाले सो प्रतिवद्धता जनाएको हो ।
कार्यक्रममा बोल्दै दिव्यज्योती हाईडो पावर लिमिटेडका सञ्चालक सञ्जीव न्यौपानेले ५० मेगावाट क्षमताको मस्र्याङदी बेसी जलविद्युत आयोजना कुनैपनि विरोधका आधारमा नरोकिने दावि गर्नुभयो । आयोजनाका बारेमा फैल्याईएका भ्रममा नपर्न आग्रह गर्दै सञ्चालक न्यौपानेले स्वदेशी पुँजी र स्थानीय सहभागितामा आयोजना निर्माण भइरहेकोले समयमै सम्पन्न गरेर विद्युत उत्पादन गर्ने बताउनुभयो ।
सोहि कार्यक्रममा बोल्दै कार्यकारी सञ्चालक इन्द्रमणि त्रितालले ठूला आयोजना निर्माणका क्रममा केहि प्रभाव परेपनि मस्र्याङदी बेसी आयोजना वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्न सचेत रहेको बताउनुभयो । जलविद्युत आयोजनाहरु राज्यको निती, निर्देशन र निगरानीमा सञ्चालन हुने भएकोले सोहि निती, निर्देशन र निगरानीमा मर्स्याङदी बेसी जलविद्युत आयोजनाको काम भईरहेको त्रितालको भनाई थियो ।
बार्षिक साधारणसभामा आयोजनाको प्रगति, लगानी, पुँजी वृद्धि र भावी योजनाबारे छलफल भएको थियो । आयोजनाको निर्माण कार्य आधाभन्दा बढी सम्पन्न भइसकेको कम्पनीको दावि छ । सो आयोजनामा २६ सयभन्दा बढी स्थानीयवासीको लगानी रहेको पनि आयोजनाले जनाएको छ ।
बार्षिक साधरण सभामा पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक नियुक्ति अनुमोदन र आयोजनासम्बन्धी कर्जा तथा लगानी अनुमोदनलगायतका प्रस्तावमाथि छलफल भएको थियो ।

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन
मर्स्याङदी समाचार, २७ असोज मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार

बेसीशहर ७ स्थित पुमा खोलामा निमार्ण सम्पन्न मोटरेवल पुल सञ्चालनमा
मर्स्याङदी समाचार, २७ असोज लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रुपमा सञ्चालनमा आएको

घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही
मर्स्याङदी समाचार, २६ असोज लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने








प्रतिकृया दिनुहोस