Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

प्रहरी दिवसको पूर्व सन्ध्यामा खुल्ला रक्तदानसहित निशुल्क स्वास्थ्य शिविर 

SITENAME

मर्स्याङदी समाचार, २६ असोज । 
प्रहरी दिवसको अवसरमा लमजुङको भोटेओडारमा खुल्ला रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय भोटेओडारको संयोजन तथा नमूना सामुदायिक अस्पताल सुन्दरवजारको प्राविधिक सहयोगमा लमजुङ प्रहरीले कार्यक्रम आयोजना गरेको हो । 


इलाका प्रहरी कार्यालय भोटेओडार परिसरमा भएको कार्यक्रममा प्रहरी र सर्वसाधरण गरी ३३ जनाले रक्तदान गरेका थिए । शिविरमा संकलित रगत प्रदेश अस्पताल लमजुङमा पठाईएको प्रहरीले जनाएको छ ।


शिविरमा प्रहरी एवं सर्वसाधरणको आँखा परिक्षण, दाँत परिक्षण, सुगर प्रेसर जाँच सेवा समेत प्रदान गरीएको थियो । उक्त कार्यक्रमबाट प्रहरीसहित ८० भन्दा बढिले सेवा लिएको इलाका प्रहरी कार्यालय भोटेओडार प्रमूखएवं प्रहरी निरिक्षक चन्द्रकला भट्टराईले जानकारी दिनुभयो । 


प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको प्रमूख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी शिविर उद्घाटन भएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रजिअ खनालले प्रहरीले आफ्नो पेशागत जिम्मेबारीसँगै समुदायसँग जोडिएर स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै सेवा गर्नु उदाहरणीय रहेको उल्लेख गर्नुभयो । 


कार्यक्रममा स्वागत मन्तव्य राख्दै लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले प्रहरी दिवस प्रहरी भित्रको हर्ष उल्लासको पर्व भएपनि समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन थप कार्यक्रम आयोजना गरीएको बताउनुभयो । समुदायसँगको सम्वन्ध र सहकार्यलाई बलियो बनाउने समुदाय केन्द्रित यस्ता कार्यक्रमले थप सहयोग पुग्ने प्रनाउ बस्नेतको विश्वास थियो । 


कार्यक्रममा नमुना सामुदायिक अस्पतालका स्वास्थ्य प्राविधिकहरुले सेवा दिएका थिए । रक्तदानमा सहभागी सवैलाई सम्मान सहित प्रमाण पत्र प्रदान गरीएको पनि प्रहरीले जनाएको छ । 


कार्यक्रममा नमुना सामुदायिक अस्पतालका प्रमूख हेमन्त श्रेष्ठ, सुन्दरवजार–८ का वडा अध्यक्ष, बेसीशहर–१ का वडा अध्यक्ष, फ्युचरस्टार आवासिय माविका संस्थापक बाबुराम पौडेल, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष लगायतका सञ्चारकर्मी, पूर्व प्रहरीहरु, स्थानिय सर्वसाधरणहरुको सहभागिता रहेको थियो । 


हरेक वर्ष असोज ३० गतेका दिन नेपाल प्रहरीले प्रहरी दिवस मनाउने गरेको छ । प्रहरी दिवसका सन्दर्भमा जिल्लामा आगामी ३० गते शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रम हुने लमजुङ प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही 

मर्स्याङदी समाचार, २६ असोज लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने

SITENAME

बेसीशहरमा ५० लाखको लगानीमा ’ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ सञ्चालन

मर्स्याङदी समाचार, २६ असोज ।  लमजुङ सदरमुकाम बेसीशहरमा अत्याधुनिक सेवा सुविधासहितको ‘ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ को आइतबार औपचारिक

SITENAME

मर्स्याङ्दी बेसी समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रोपावरको प्रतिबद्धता  

मर्स्याङदी समाचार, २५ असोज ।  दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना

↑