Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही 

SITENAME

मर्स्याङदी समाचार, २६ असोज
लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने कार्यमा प्रतिबन्ध लगाएको छ ।


चाडपर्वका बेला जुवातासका कारण सामाजिक विकृति, विसंगति तथा झैझगडा बढ्न सक्ने भन्दै समूहले गाउँमा सार्वजनिक स्थानदेखि घरभित्रसम्म जुवातास नखेल्न र नखेलाउन आग्रह गरेको हो । यससम्बन्धी सूचना जारी गर्दै समूहले चाडपर्वलाई सभ्य, मर्यादित र संस्कृतिमैत्री बनाउन गाउँलेलाई अनुरोध गरेको छ ।


मिलिजुली आमा समूहकी अध्यक्ष दरमाया गुरुङका अनुसार जुवातासले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको मनोविज्ञानमा समेत असर पार्न सक्छ । घरभित्रै लुकीछिपी जुवातास खेल्दा बालबालिकामा गलत सन्देश जाने भएकाले यसको नियन्त्रणका लागि पहल गरिएको उहाँले बताउनुभयो । ‘यो हाम्रो सुरुवात हो । अहिले जुवातास खेल्न रोक लगाएका छौँ । अटेर गर्ने वा विवाद गर्न आउने अवस्था भए कानुनी कारबाहीका लागि पनि अघि बढ्न सकिन्छ,’ अध्यक्ष गुरुङले भन्नुभयो ।


समूहले चाडपर्वका अवसरमा आयोजना गरिने सोरठी, मारुनी तथा देउसीभैलोजस्ता मौलिक सांस्कृतिक कार्यक्रमलाई सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न पनि गाउँलेलाई आग्रह गरेको छ । आपसी सद्भाव र एकतालाई कायम राख्दै स्थानीय संस्कार तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जुट्न समूहले सबैलाई अनुरोध गरेको छ । चाडपर्वलाई मनोरञ्जनसँगै सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउने अवसरका रुपमा मनाउन गाउँलेको सहयोग आवश्यक रहेको समूहले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी दिवसको पूर्व सन्ध्यामा खुल्ला रक्तदानसहित निशुल्क स्वास्थ्य शिविर 

मर्स्याङदी समाचार, २६ असोज ।  प्रहरी दिवसको अवसरमा लमजुङको भोटेओडारमा खुल्ला रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाका प्रहरी

SITENAME

बेसीशहरमा ५० लाखको लगानीमा ’ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ सञ्चालन

मर्स्याङदी समाचार, २६ असोज ।  लमजुङ सदरमुकाम बेसीशहरमा अत्याधुनिक सेवा सुविधासहितको ‘ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ को आइतबार औपचारिक

SITENAME

मर्स्याङ्दी बेसी समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रोपावरको प्रतिबद्धता  

मर्स्याङदी समाचार, २५ असोज ।  दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना

↑