बेसीशहरमा ५० लाखको लगानीमा ’ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ सञ्चालन

मर्स्याङदी समाचार, २६ असोज ।
लमजुङ सदरमुकाम बेसीशहरमा अत्याधुनिक सेवा सुविधासहितको ‘ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ को आइतबार औपचारिक शुभारम्भ गरिएको छ ।
बेसीशहर नगरपालिका–७, मनाङ्गे चौतारामा स्थापना भएको यस संस्थाको आइतबार बिहान विधिवत रूपमा उद्घाटन गरिएको हो ।
यस क्षेत्रकै प्रतिष्ठित वेलनेस सेन्टरको रूपमा हेरिएको स्पा तथा सैलुनको औपचारीक रुपमा एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख ढकालले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो संस्था थकान बिसाउने र ऊर्जा थप्ने उत्कृष्ट केन्द्रको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । पर्यटन र वेलनेस क्षेत्रमा स्थानीय स्तरमै यस्तो स्तरको सेवा सुरु हुनु सुखद पक्ष रहेको उहाँको भनाइ थियो ।
ग्राहकहरूलाई विश्वस्तरीय र अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले दुई जना युवाहरुले करिब ५० लाख रुपैयाँको लगानीमा उक्त स्पा र सैलुन सञ्चालनमा ल्याएका हुन् । युवा व्यावसायि युवक गुरुङ र पत्रकारिता क्षेत्रमा क्रियाशिल निरज अधिकारीले संयुक्त लगानीमा सुरु गर्नुभएको ट्रेकर्स हाइड्रेशनमा पुरुष, महिला तथा बालबालिकाहरूका लागि नयाँ ट्रेन्डिङ हेयर स्टाइल, एड्भान्स कलरिङ र प्रिमियम ब्युटी÷मेकअप केयरको व्यवस्था छ ।
विशेषगरी लामो पदयात्राबाट फर्किएका पर्यटकहरू र स्थानीय ग्राहकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस संस्थामा अनुभवी थेरापिस्टहरूद्वारा शरीरको थकान मेटाउने बडी स्क्रब, प्रिमियम मसाज र विभिन्न रिल्याक्सेसन थेरापीको सुविधा छ ।
शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्न र ऊर्जा थप्नका लागि अत्याधुनिक साउना र स्टीम बाथको व्यवस्था समेत गरिएको छ । हाल चार जनालाई रोजगारीको अवसर समेत प्रदान गरेको यस व्यवसायमा क्रमिक रुपमा सेवाहरु थप गर्दै जाने योजना रहेको सञ्चालक युवक गुरुङले बताउनुभयो ।

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन
मर्स्याङदी समाचार, २७ असोज मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार

बेसीशहर ७ स्थित पुमा खोलामा निमार्ण सम्पन्न मोटरेवल पुल सञ्चालनमा
मर्स्याङदी समाचार, २७ असोज लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रुपमा सञ्चालनमा आएको

घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही
मर्स्याङदी समाचार, २६ असोज लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने








प्रतिकृया दिनुहोस