Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीशहर ७ स्थित पुमा खोलामा निमार्ण सम्पन्न मोटरेवल पुल सञ्चालनमा

SITENAME

मर्स्याङदी समाचार, २७ असोज
लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रुपमा सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पुलको मंगलबार बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले शुभारम्भ गर्नुभएको हो ।


२०८१ सालमा निमार्ण सुरु भएको उक्त पुलको लम्बाई २५ मिटर र ७० टन भारवहन क्षमता रहेको छ । ३ करोड ९८ लाख रुपैयाँको लागतमा पुल पूर्वाधार विकास कार्यालयमार्फत काठमाडौंस्थित उपमा निर्माण सेवा प्रालिले पुल निमार्ण गरेको हो । 


पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुहरुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी डुम्रे बेसीशहर मनाङ सडक खण्ड अन्र्तगत खरखरे भीरमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध हुने समस्यालाई उक्त पुलले वैकल्पिक मार्गका रुपमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । पुल सञ्चालनमा आएपछि मकैडाँडा, भलामसेरा हुँदै मनाङ आवतजावत गर्न सहज हुने र यात्रुले भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको छ ।

 

पुमा खोला पुल सञ्चालनमा आएसँगै डुम्रे बेसीशहर मनाङ सडक खण्ड अन्र्तगत खरखरे भीरमा पहिरोका कारण मनाङ जाने सडक अवरुद्ध हुँदा यात्रुहरुले भोग्दै आएको सास्ती कम हुने वडाध्यक्ष ऋषिराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध भएको अवस्थामा यात्रुहरुले यस पुललाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सक्नेछन् । यसले मकैडाँडा, भलामसेरा हुँदै मनाङ आवतजावत गर्न सहज बनाउनुका साथै यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
 


लामो समयदेखि पुल नहुँदा स्थानीयवासीले खोलामा वारपार गर्न तथा बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या भोग्दै आएको स्थानीय सुनिता परियारले बताउनुभयो । वर्षात्का बेला खोला बढ्दा बालबालिकालाई विद्यालय पठाउन नसकी घरमै राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।


२०६६ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आउनुभएकी परियारले पुल निर्माणका लागि आफूहरुले वर्षौँदेखि आवाज उठाउँदै आएको बताउनुभयो । लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि वर्षौँदेखिको सपना पूरा भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन

मर्स्याङदी समाचार, २७ असोज मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार

SITENAME

घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही 

मर्स्याङदी समाचार, २६ असोज लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने

SITENAME

प्रहरी दिवसको पूर्व सन्ध्यामा खुल्ला रक्तदानसहित निशुल्क स्वास्थ्य शिविर 

मर्स्याङदी समाचार, २६ असोज ।  प्रहरी दिवसको अवसरमा लमजुङको भोटेओडारमा खुल्ला रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाका प्रहरी

↑