Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन

SITENAME

मर्स्याङदी समाचार, २७ असोज
मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार सञ्चालक समितिले आयोजना गरेको तिन दिने हाटबजार आज मंगलबार देखि सुरु भएको हो । 


हाटबजार शुभारम्भका अवसरमा गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही पाँच हजार रुपैयाँका दरले कुल दुई लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गरेको छ । परम्परागत पशुपालनको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै किसानलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्ने उद्देश्यले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्यको सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । 


हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, खसीबोका, भेडा, कुखुरालगायत कृषि तथा पशुजन्य उपजको खरिदबिक्री भएको छ । यसबाट किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुनुका साथै स्थानीय उत्पादनको खपत र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


गाउँपालिकाले हाटबजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको पाँच प्रतिशत र खसी, बोका, भेडा तथा कुखुरालगायत पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको तीन प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । हाटबजारमा विक्रिका लागि ल्याइउका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

 

हाटबजार २९ गतेसम्म  खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ । गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाटबजारमा सहभागी भई स्थानीय उत्पादनको खरिदबिक्री प्रवद्र्धन गर्न आग्रह गरेको छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस हाटबजारले कृषि तथा पशुपालन व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

 

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहर ७ स्थित पुमा खोलामा निमार्ण सम्पन्न मोटरेवल पुल सञ्चालनमा

मर्स्याङदी समाचार, २७ असोज लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रुपमा सञ्चालनमा आएको

SITENAME

घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही 

मर्स्याङदी समाचार, २६ असोज लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने

SITENAME

प्रहरी दिवसको पूर्व सन्ध्यामा खुल्ला रक्तदानसहित निशुल्क स्वास्थ्य शिविर 

मर्स्याङदी समाचार, २६ असोज ।  प्रहरी दिवसको अवसरमा लमजुङको भोटेओडारमा खुल्ला रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाका प्रहरी

↑