दोर्दीमा भालुको आक्रमणबाट एक जना घाइते

मर्स्याङदी समाचार, २८ असोज
लमजुङको दोर्दी गाउँपालिका वडा नं. ८ टाँपमा जंगली भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीय आशबहादुर गुरुङ रहेका छन् । बुधबार बिहान करिब ७ः३० बजे घरदेखि करिब पाँच किलोमिटर माथि रहेको आफ्नै बाख्राको गोठमा काम गरिरहेका बेला गुरुङलाई जंगली भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
भालुको आक्रमणबाट गुरुङको बायाँ हात र टाउकोमा चोट लागेको छ । प्रदेश अस्पताल लमजुङमा उपचार गराइरहेको गुरुङको अवस्था मध्यम रहेको छ । घटनाबारे बुधबार दिउँसो करिब २ बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी चितीबाट प्रहरी सहायक निरीक्षक अमितकुमार रायको कमान्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । घटनास्थल प्रहरी चौकी चितीबाट करिब २० किलोमिटर पूर्वमा पर्छ । घटनाका बेला गुरुङकी श्रीमती बुद्धिमाया गुरुङ पनि साथमा रहेको प्रहरीले जनाएको छ ।

बेसीसहरका मासु पसलमा अनुगमन, दर्ताबिनै बंगुरको मासु बिक्री
मर्स्याङदी समाचार, २८ असोज लमजुङको बेसीशहर नगरपालिका–८ मा सञ्चालित माछा तथा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन
मर्स्याङदी समाचार, २७ असोज मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार

बेसीशहर ७ स्थित पुमा खोलामा निमार्ण सम्पन्न मोटरेवल पुल सञ्चालनमा
मर्स्याङदी समाचार, २७ असोज लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रुपमा सञ्चालनमा आएको







प्रतिकृया दिनुहोस