Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

भोटेकोशी बाढीपीडितलाई तमु प्ये ल्हु संघ यूकेको २६ लाख सहयोग

SITENAME

मर्स्याङदी समाचार, २९ असोज
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि तमु प्ये ल्हु संघ यूकेले २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।


संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङको नेतृत्वमा आएको टोलीले गृहमन्त्री सुधन गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । गृहमन्त्री गुरुङको पुल्चोकस्थित निवासमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो । संघले बेलायतमा रहेका आफ्ना सदस्य, आमा समूह तथा ग्लोष्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदायबाट रकम संकलन गरेको जनाएको छ । संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संघले जनाएको छ ।


चेक हस्तान्तरण कार्यक्रममा संघका सदस्य सूर्यबहादुर गुरुङ, धीरबहादुर गुरुङ र गमबहादुर गुरुङ, युथ एम्बेसडर सृजना गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङ, तमु प्ये ल्हु संघ नेपाल युवा समितिका सल्लाहकार शुक्रराज गुरुङ र तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङलगायत सहभागी थिए ।


संघका पूर्वअध्यक्ष त्होर्जे गुरुङले तमु प्ये ल्हु संघ यूके सांस्कृतिक तथा सामाजिक संस्था भएको बताउनुभयो । उहाँका अनुसार संघले नेपालमा विपद् आइपर्दा सहयोग गर्नुका साथै शिक्षा, स्वास्थ्य र परोपकारी क्षेत्रमा काम गर्दै आएको छ । संघले यसअघि भूकम्पपीडितलाई सहयोग गर्नुका साथै कोभिड महामारीका बेला राहत वितरण गरेको थियो ।


संघका अध्यक्ष क्या. डेमबहादुर गुरुङका अनुसार बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ समुदायले सन् २००५ मा तमु प्ये ल्हु संघ यूके स्थापना गरेका हुन् । बेलायतमा दर्ता भई सञ्चालनमा रहेको संघले गुरुङ संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै नेपालमा सामाजिक तथा परोपकारी कार्यमा सहयोग गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोर्दीमा भालुको आक्रमणबाट एक जना घाइते

मर्स्याङदी समाचार, २८ असोज लमजुङको दोर्दी गाउँपालिका वडा नं. ८ टाँपमा जंगली भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीय

SITENAME

बेसीसहरका मासु पसलमा अनुगमन, दर्ताबिनै बंगुरको मासु बिक्री

मर्स्याङदी समाचार, २८ असोज लमजुङको बेसीशहर नगरपालिका–८ मा सञ्चालित माछा तथा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा

SITENAME

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन

मर्स्याङदी समाचार, २७ असोज मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार

↑