चलचित्र ‘मलाय क्रमु’को छायाङ्कन सम्पन्न

मर्स्याङदी समाचार, ३० असोज
गुरुङ समुदायको संस्कृति र पारिवारिक सम्बन्धमा आधारित हास्य तथा भावनात्मक चलचित्र ‘मलाय क्रमु’को छायाङ्कन सम्पन्न भएको छ। असोज ७ गते लमजुङको बेसीसहरबाट शुभमुहूर्तसहित सुरु भएको चलचित्रको छायाङ्कन घनपोखरा र भुजुङमा समेत गरिएको छ । निर्माण टोली पुनः बेसीसहर फर्किएसँगै छायाङ्कन सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको गीत छायाङ्कनका लागि मनाङ जाने योजना रहे पनि बाढीका कारण सडक अवरुद्ध भएपछि उक्त कार्यक्रम रद्द गरिएको हो । पिटर गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता खेमेन्द्र गुरुङ हुन् । चलचित्रले गुरुङ समुदायमा प्रचलित ‘छोराछोरीको इच्छा बाबाआमाले पूरा गर्छन्, बाबाआमाको इच्छा छोराछोरीले पूरा गर्छन्’ भन्ने मान्यतालाई कथाको मुख्य आधार बनाएको छ । यसमार्फत अभिभावकका अधुरा सपना, सन्तानप्रतिको अपेक्षा र पुस्ताबीच उत्पन्न हुने वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।
पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र अभिभावकका इच्छाले सन्तानको जीवनमा पार्ने प्रभावलाई हास्य तथा भावनात्मक शैलीमा चित्रण गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै पारिवारिक सम्बन्धबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा विष्णुहरि तिमल्सिनाको छायाङ्कन, जलन गुरुङको लोकेसन साउन्ड रेकर्डिङ, तोसित घतानेको मुख्य सहायक निर्देशन, उदित गेलालको सहायक निर्देशन तथा राजकुमार गुरुङको मेकअप रहेको छ। त्यस्तै, श्याम गुरुङ र रुपेश गुरुङले ग्याफरका रूपमा योगदान दिएका छन्।
चलचित्रमा मनोज गुरुङ, मनिका गुरुङ, धनकुमारी गुरुङ (काशी), मन्जु गुरुङ, गजेन्द्र गुरुङ, खेम जंग गुरुङ, रेशम गुरुङ, प्रतीक जंग तामाङ, आयुष गुरुङ, समिर गुरुङ, कामना तामाङ र देवि कासी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी मङ्सिर महिनाको अन्तिम सातातिर लमजुङको बेसीसहरमा गरिनेछ । गुरुङ समुदायको संस्कृति, परम्परा र पारिवारिक कथालाई समेटेको ‘मलाय क्रमु’ले गुरुङ समुदायसँगै व्यापक नेपाली दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ ।

भोटेकोशी बाढीपीडितलाई तमु प्ये ल्हु संघ यूकेको २६ लाख सहयोग
मर्स्याङदी समाचार, २९ असोज गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि तमु प्ये ल्हु संघ यूकेले २६ लाख ५० हजार रुपैयाँ

दोर्दीमा भालुको आक्रमणबाट एक जना घाइते
मर्स्याङदी समाचार, २८ असोज लमजुङको दोर्दी गाउँपालिका वडा नं. ८ टाँपमा जंगली भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीय

बेसीसहरका मासु पसलमा अनुगमन, दर्ताबिनै बंगुरको मासु बिक्री
मर्स्याङदी समाचार, २८ असोज लमजुङको बेसीशहर नगरपालिका–८ मा सञ्चालित माछा तथा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा







प्रतिकृया दिनुहोस