अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ

मर्स्याङदी समाचार, ४ कार्तिक
लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका–८, ठाडोलाइनमा पसल व्यवसाय गर्दै आएका ५२ वर्षीय भरतकुमार श्रेष्ठले सञ्चालन गरेको अल्लो प्रशोधन केन्द्रबाट तीन जना व्यक्तिले मोटर मेसिन चोरी गरी लगेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सित्तलपाटी क्षेत्रमा चोरी भएका मोटर मेसिन बोकेर पैदल हिँडिरहेका बेसीसहर नगरपालिका–११, चिती तिलाहारका २१ वर्षीय हरिबहादुर परियारलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका परियारलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न लमजुङ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

प्रतिकृया दिनुहोस