Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

दोर्दीमा वर्ल्ड भिजन र आरसिडिसिको कार्यक्रम समीक्षा, आगामी वर्षका योजना प्रस्तुत

मर्स्याङदी समाचार, १३ कार्तिक 
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा दोर्दी गाउँपालिकामा सञ्चालित कार्यक्रमको समीक्षा तथा आगामी वर्ष सञ्चालन हुने कार्यक्रमबारे छलफल गरिएको छ । यसैक्रममा बिहीबार बेसीशहरमा कार्यक्रम गरिएको थियो भने शुक्रबार दोर्दी गाउँपालिकामा समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


दोर्दी गाउँपालिकाको सभाहलमा शुक्रबार गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रमको उपलब्धि, प्रभावकारिता तथा सिकाइको समीक्षा गर्दै आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमका योजना र प्राथमिकताबारे छलफल गरिएको थियो ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले स्थानीय तहको विकास र समुदायको जीवनस्तर सुधारका लागि सरकारी निकाय तथा सामाजिक संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले लक्षित वर्गसम्म कार्यक्रमको प्रभावकारी पहुँच पु¥याउँदै स्थानीय समुदायको आवश्यकता र सहभागितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतले गाउँपालिकाको नीति, योजना तथा कार्यक्रमसँग समन्वय गरेर काम गर्दा कार्यक्रमको प्रभावकारिता बढ्ने धारणा राख्नुभयो ।


कार्यक्रममा आरसिडिसिका बजार संयोजक दुर्गाप्रसाद ढुंगानाले गत वर्ष सञ्चालन भएका कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी वर्ष लागू हुने कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


त्यस्तै, आरसिडिसिका कार्यक्रम संयोजक हेमराज विमलीले कार्यक्रमको उद्देश्य, कार्यक्षेत्र र अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै स्थानीय सरकार तथा सरोकारवालासँगको समन्वय र सहकार्यबाट कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताउनुभयो ।


कार्यक्रममा दोर्दी गाउँपालिका वडा नं. ८ र ९ का वडाध्यक्ष, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङ, आरसिडिसिका सचिव शिवकुमार पोख्रेल लगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो ।


कार्यक्रमले गत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई स्थानीय आवश्यकता र प्राथमिकता अनुसार सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

लायन्सको सहयोगमा निर्माण भान्सा घर, बालगृहलाई हस्तान्तरण 

मर्स्याङदी समाचार, १२ कार्तिक लायन्स क्लव इन्टरनेश्नल फाउण्डेशनले १ करोड बढी लगातमा बालगृहको भान्सा घर निमार्ण गरेको छ । क्लवले लमजुङ बेसीशहरमा

SITENAME

बेसीशहरमा सञ्चालित एकमहिने निशुल्क ड्राइभिङ तालिमको समापन

मर्स्याङदी समाचार, १२ असोज  एकिकृत सेवा कार्यालय लमजुङले आयोजना गरेको एक महिने निशुल्क हलुका सवारी चालक प्रशिक्षण तालिम बुधबार समापन गरिएको छ ।

राईनास–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण गरीदै 

मर्स्याङदी समाचार, १२ कार्तिक  जमिनमा धाँजा फाटेर बस्ती जोखिममा परेको राईनास नगरपालिका–४, कामीडाँडाका स्थानियलाई अस्थायी स्थानान्तरण हुने भएको

↑