खुदीमा ठूली एकादशी मेला, खेलकुद र सांस्कृतिक कार्यक्रमको तयारी

मर्स्याङदी समाचार, १६ कार्तिक
लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठूली एकादशी मेलाको अवसरमा खेलकुद, सांस्कृतिक, धार्मिक तथा कृषि प्रदर्शनीसहित विविध कार्यक्रम आयोजना हुने भएका छन् । आगामी मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने मेलाबारे आयोजक खुदी युथले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
“विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलामा खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, कृषि प्रदर्शनी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम समावेश गरिएका छन् ।
मेलाको मंसिर ४ गते फूलको डोली (तोरन) तार्ने, भजनकीर्तन, एकादशी सांस्कृतिक साँझ तथा उद्घाटन समारोह आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय कलाकार अर्जुन सापकोटा र स्थानीय कलाकार प्रशान्त तामाङ लगायतको स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेलाअन्तर्गत खुला छेलो प्रतियोगिता, वडास्तरीय क्लब पुरुष भलिबल, खुला पुरुष फुटबल तथा महिला कुर्सी दौड प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खुला छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टोलीले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ तथा उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई जनही १÷१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, खुला पुरुष फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टोलीले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फुटबलतर्फ सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मेलाको मंसिर ८ गते कृषि प्रदर्शनी तथा खरिद बिक्री कार्यक्रम सञ्चालन हुनेछ भने मंसिर ५ गते खुदी स्वास्थ्य चौकीको समन्वयमा निःशुल्क मृगौला परीक्षण शिविर आयोजना गरिनेछ ।
पत्रकार सम्मेलनमा आयोजकले मेलाको आर्थिक विवरणसमेत सार्वजनिक गरेको छ । गत वर्षको मेलाबाट बचत भएको रकम तथा क्लबको आर्थिक स्रोतलाई सामाजिक हित, स्थानीय संस्कृति संरक्षण र सिर्जनात्मक कार्यक्रमको विकासमा सदुपयोग गरिने जनाएको छ । मेलालाई सफल बनाउन मर्स्याङदी गाउँपालिकाले मुख्य प्रायोजक तथा वडा नं. ३ ले सहप्रायोजकका रुपमा सहयोग गरेको आयोजकले जनाएको छ ।
कार्यक्रम खुदी युथका अध्यक्ष विशाल रावलको अध्यक्षता तथा मर्स्याङदी गाउँपालिका–३ का वडाध्यक्ष दुधमान तामाङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन खुदी युथका सचिव अर्जुन श्रेष्ठले गर्नुभएको थियो भने समापन खुदी युथका पूर्वअध्यक्ष रवि थापाले गर्नुभएको थियो ।
मेलाले स्थानीय कला, संस्कृति, खेलकुद तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनुका साथै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र स्थानीय समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा खुदी युथका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम
मर्स्याङदी समाचार, १७ कार्तिक लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।

लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, १७ कार्तिक क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ

बेसीशहरमा नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
मर्स्याङदी समाचार, १७ कार्तिक बेसीशहर नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले








प्रतिकृया दिनुहोस