जनताको घरदैलोमा पुग्दै नेकपा, लमजुङमा राष्ट्रिय जागरण अभियान सुरु

मर्स्याङदी समाचार, १५ कार्तिक
लमजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टीले देशव्यापी रुपमा कात्तिक ७ गतेदेखि सञ्चालन गरेको अभियान लमजुङमा भने कात्तिक १५ गते आइतबारदेखि सुरु गरेको हो ।
मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनताका समस्या, गुनासा र आवश्यकता पहिचान गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने पार्टीले जनाएको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, जनजीविकाका सवालको सम्बोधन, जनअधिकारको संरक्षण तथा पार्टी संगठन सुदृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
आइतबार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिँदै नेकपा लमजुङका जिल्ला संयोजक सुनिल सुनार ‘अटल’ले मुलुकमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिति, युवा पलायन तथा आर्थिक संकटका कारण आम नागरिकमा निराशा बढ्दै गएको बताउनुभयो । नागरिकका समस्या समाधानका लागि प्रभावकारी राजनीतिक पहल आवश्यक देखिएकाले जनतामाझ पुगेर अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
अभियानका क्रममा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार, निष्क्रिय संगठनलाई पुनःसक्रिय बनाउने, संगठनात्मक समायोजन गर्ने, राजनीतिक तथा वैचारिक प्रशिक्षण दिने र पार्टीको आगामी महाधिवेशनको तयारीलाई समेत तीव्रता दिइने संयोजक सुनारले जानकारी दिनुभयो ।
त्यस्तै, लमजुङ जिल्ला इन्चार्ज रामबाबु अधिकारीले अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार र बेथितिविरुद्ध जनआवाज संगठित गरिने बताउनुभयो । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता तथा सामाजिक न्यायका उपलब्धिको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, स्वतन्त्र परराष्ट्र नीति, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका विषयलाई प्राथमिकताका साथ उठाइने उहाँले बताउनुभयो । विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका सवाललाई समेत अभियानमा समेटिने उहाँको भनाइ छ ।
अभियानको मुख्य कार्यदिशा जनताको घरदैलोमा पुगेर उनीहरुका समस्या र गुनासा सुन्ने, समस्या पहिचान गरी अभिलेख राख्ने तथा समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने रहेको जिल्ला इन्चार्ज अधिकारीले बताउनुभयो । अभियान केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका, वडा हुँदै टोल तहसम्म सञ्चालन गरिने पार्टीले जनाएको छ । अभियानमा महिला, दलित, युवा, विद्यार्थी, श्रमिक, किसान, उत्पीडित वर्ग तथा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने र गतिविधिलाई नियमित अनुगमन, मूल्यांकन तथा प्रतिवेदन प्रणालीमार्फत परिणाममुखी बनाइने जनाइएको छ ।
नेकपा जिल्ला समिति लमजुङले अभियानमा सक्रिय सहभागिता र सहकार्यका लागि आम नागरिक, बुद्धिजीवी, नागरिक समाज, श्रमिक, किसान, दलित, युवा, विद्यार्थी, महिला तथा सम्पूर्ण देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरुलाई आह्वान गरेको छ ।
.jpeg)
मसिरको दोश्रो साता दोश्रो भोटेओडार कप फुटवल प्रतियोगिता हुने
मर्स्याङदी समाचार, १५ कार्तिक लमजुङको सुन्दरवजार नगरपालिका–९, भोटेओडारमा दोश्रो भोटेओडार कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । स्थानिय

जिल्ला स्तरिय बाल सञ्जाल गठन, अध्यक्षमा सुन्दरबजारको अनुपम गौली
मर्स्याङदी समाचार, १४ कार्तिक लमजुङको बेसीशहरमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सुन्दरबजारका अनुपम गौलीको

दोर्दीमा वर्ल्ड भिजन र आरसिडिसिको कार्यक्रम समीक्षा, आगामी वर्षका योजना प्रस्तुत
मर्स्याङदी समाचार, १३ कार्तिक वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा दोर्दी गाउँपालिकामा
.jpeg)






प्रतिकृया दिनुहोस