Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

जिल्ला स्तरिय बाल सञ्जाल गठन, अध्यक्षमा सुन्दरबजारको अनुपम गौली

SITENAME

मर्स्याङदी समाचार, १४ कार्तिक  
लमजुङको बेसीशहरमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सुन्दरबजारका अनुपम गौलीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला बाल सञ्जाल समिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दुधपोखरीकी इमेलता गुरुङ, सचिवमा बेसीशहरकी अपेक्षा अधिकारी र सहसचिवमा मध्यनेपालकी संस्कृति पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनुषा भुजेल, अनुषा परियार, सिरिका सांखी, शेरबहादुर गुरुङ, अनु तामाङ, सुमिना गुरुङ, विप्सन भुजेल र अनु खत्री रहेका छन् ।


बाल सञ्जाल गठन कार्यक्रम एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज पौडेलको प्रमुख आतिथ्यतामा  भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दिवाकर शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव वाग्लेलगायत स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बाल सञ्जाल गठनसम्बन्धी मापदण्ड तथा विषयगत एजेन्डाबारे एकीकृत सेवा कार्यालयका भानुभक्त थापा मगरले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण अल्पकालीन आश्रय सेवा केन्द्रकी प्रमुख सिर्जना पौडेलले गरेकी थिइन् । नवगठित जिल्ला स्तरीय बाल सञ्जालले बालबालिकाको हक, अधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि तथा बालबालिकाका सवाललाई सम्बन्धित निकायसम्म पु¥याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

मसिरको दोश्रो साता दोश्रो भोटेओडार कप फुटवल प्रतियोगिता हुने

मर्स्याङदी समाचार, १५ कार्तिक लमजुङको सुन्दरवजार नगरपालिका–९, भोटेओडारमा दोश्रो भोटेओडार कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । स्थानिय

SITENAME

जनताको घरदैलोमा पुग्दै नेकपा, लमजुङमा राष्ट्रिय जागरण अभियान सुरु

मर्स्याङदी समाचार, १५ कार्तिक लमजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टीले देशव्यापी रुपमा कात्तिक ७

SITENAME

दोर्दीमा वर्ल्ड भिजन र आरसिडिसिको कार्यक्रम समीक्षा, आगामी वर्षका योजना प्रस्तुत

मर्स्याङदी समाचार, १३ कार्तिक  वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा दोर्दी गाउँपालिकामा

↑