लमजुङमा बुधबार देखि प्याब्सन खेलकुद सप्ताह

मर्स्याङदी समाचार, १७ कार्तिक
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) लमजुङको आयोजनामा सप्ताहव्यापी स्पोट्र्स मिट–२०८३ बुधबारदेखि सुरु हुने भएको छ । जिल्लाका १७ विद्यालयका करिब १ हजार २ सय विद्यार्थी सहभागी हुने प्रतियोगितामा १९ विधामा प्रतिस्पर्धा गराइनेछ ।
स्पोट्र्स मिटबारे जानकारी दिन प्याब्सन लमजुङले मंगलबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्याब्सनका उपाध्यक्ष विमल अधिकारीले प्रतियोगिताका विभिन्न विधामध्ये केही खेल यसअघि नै सम्पन्न भइसकेको जानकारी दिनुभधयो । उहाँका अनुसार प्याब्सनको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार एकेडेमिकतर्फका १८ विधाका कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।
प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलले स्पोट्र्स मिट तथा अन्य प्रतियोगितामा गरी ३ सय ५० भन्दा बढी विद्यार्थी पुरस्कृत हुने बताउनु भयो । पुरस्कार वितरण आगामी पुस २४ गते आयोजना हुने प्याब्सन दिवसको अवसरमा विशेष कार्यक्रममार्फत गरिने उहाँले जानकारी दिनुभयो । प्याब्सन लमजुङका सचिव विनोद गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लाका संचारकर्मी लगायत प्याब्सन लमजुङका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम
मर्स्याङदी समाचार, १७ कार्तिक लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।

लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, १७ कार्तिक क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ

बेसीशहरमा नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
मर्स्याङदी समाचार, १७ कार्तिक बेसीशहर नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले








प्रतिकृया दिनुहोस