बेसीशहरमा नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

मर्स्याङदी समाचार, १७ कार्तिक
बेसीशहर नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रम अन्तरगत एकल गायन, चित्रकला तथा सृजनात्मक लेखन प्रतियोगिता भएको थियो । नगरभित्रका विभिन्न विद्यालयबाट २१ जना प्रतियोगीको सहभागिता रहेको एकल गायनतर्फ जनविकास मा.वि बेसीशहरका कविता विक प्रथम र प्रिती थापा द्धितिय भएका छन् । न्यू ईरा आवासिय मावि बेसीशहरकी जेनिशा परियार तृतीय र अन्नपूर्ण मा वि नाल्माकी ऐश्वर्य वि.क र जनकल्याण मा.वि उदीपुरका यहोशु तामाङले सान्त्वना स्थान हासिल गरेका छन् ।
चित्रकला प्रतियोगितातर्फ बालकल्याण मा.वि भकुण्डेकी छात्रा इस्पा गुरूङ प्रथम, ल्याण्डस्टार मा.वि बेसीशहका छात्र सुसन दियाली द्वितीय, जनविकास मा.वि चण्डीडाँडाकी छात्रा स्नेहा परियार तृतीय भएका छन् भने जनविकास मा.वि बेसीशहरकी छात्रा सृष्टि गुरूङ र यशोब्रम्हा मा.वि कि छात्रा बेबिका घले सान्त्वना भएका छन् । चित्रकला प्रतियोगितामा १६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
सृजनात्मक लेखन प्रतियोगितातर्फ गंगामिलन मा.वि मकैडाँडाकी छात्रा सोनिया रिमाल प्रथम, वालकल्याण मा.वि भकुण्डेकी छात्रा शुभेच्छा बराल द्वितीय, जनकल्याण मा.वि उदिपुरकी छात्रा स्वस्तिका जोशी तृतीय भएका छन् भने जनविकास मा वि चण्डीडाँडाकी छात्रा दिव्या गुरूङ र जनविकास मा.वि बेसीशहरकी छात्रा सन्जिता परियारले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा १२ जना विद्यार्थी सहभागि थिए ।
तिन वटै विधामा प्रथमलाई नगद ४ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वना स्थान हासिल गर्ने २ जनालाई एक हजार नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको शिक्षा शाखाका सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले जानकारी दिनुभयो ।
विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाको पहिचान, प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रम नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल, सामाजिक विकास समितिका संयोजक मदन बहादुर राना, नगरपालिकाका प्रवक्ता एवं कार्यपालिका सदस्य हिरालाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा, युवा तथा खेलकुद शाखाकी सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले गर्नुभएको थियो ।

जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम
मर्स्याङदी समाचार, १७ कार्तिक लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।

लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, १७ कार्तिक क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ

लमजुङमा बुधबार देखि प्याब्सन खेलकुद सप्ताह
मर्स्याङदी समाचार, १७ कार्तिक निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) लमजुङको आयोजनामा सप्ताहव्यापी स्पोट्र्स मिट–२०८३ बुधबारदेखि सुरु हुने








प्रतिकृया दिनुहोस