लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन

मर्स्याङदी समाचार, १७ कार्तिक
क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार आयोजित अधिवेशनले यमबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश गुरुङ, कोषाध्यक्षमा प्रदीप गुरुङ, सचिवमा गोरे गुरुङ र सहसचिवमा प्रीति गुरुङ चयन भएका छन् ।
समितिको सदस्यमा हिरेन्द्र गुरुङ, सुवास गुरुङ, छविन्द्र गुरुङ, लालजङ्ग गुरुङ, मिनकुमारी गुरुङ, कुश्मी गुरुङ, गङ्गा गुरुङ, राकेश गुरुङ, विनोद गुरुङ र मङ्गलबहादुर विक रहेका छन् ।
क्लबका अध्यक्ष नौराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नारायण गुरुङले क्लबले गाउँको सामाजिक, सांस्कृतिक तथा खेलकुद क्षेत्रको विकासमा पु¥याउँदै आएको योगदानको चर्चा गर्दे युवाहरुलाई सामाजिक गतिविधिमा सक्रिय बनाउँदै गाउँको विकास र एकताका लागि क्लबले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।

जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम
मर्स्याङदी समाचार, १७ कार्तिक लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।

बेसीशहरमा नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
मर्स्याङदी समाचार, १७ कार्तिक बेसीशहर नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले

लमजुङमा बुधबार देखि प्याब्सन खेलकुद सप्ताह
मर्स्याङदी समाचार, १७ कार्तिक निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) लमजुङको आयोजनामा सप्ताहव्यापी स्पोट्र्स मिट–२०८३ बुधबारदेखि सुरु हुने








प्रतिकृया दिनुहोस