जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम

मर्स्याङदी समाचार, १७ कार्तिक
लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।
क्व्होलासोथार बाहेक जिल्लाका ७ स्थानिय तहका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा मध्यनेपाल स्थित कुसुमाकर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विकले प्रथम स्थान हासिल गरेका हुन् । विकले पुरस्कार स्वरुप नगद ६ हजार र प्रमाणपत्र पाएका छन् ।
यसैगरी प्रतियोगितामा बेसीशहरस्थित जनविकास माध्यमिक विद्यालय कक्षा ९ मा अध्यनरत प्रिती थापा द्धितिय र सुन्दरबजार स्थित भक्ति नमुना माध्यमिक विद्यालय कक्षा ९ मा अध्यनरत रविना भुजेल तृतीय भएकी छन् भने मध्यनेपालको गणेश मालिका मावि कक्षा १० मा अध्यनरत कुशल दुराले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा द्धितियलाई ४ हजार, तृतियलाई ३ हजार र सान्त्वनालाई २ हजार रुपैया र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
एकिकृत सेवा कार्यालयले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत आयोजना गरेको प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले गर्नुभएको हो ।
विजेताका विद्यार्थीलाई एकिकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले पुरस्कार वितरण गर्नुभएको थियो । अल्पकालिन आश्रय केन्द्र प्रमुख सिर्जना पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा एकिकृत सेवा कार्यालयका प्राविधिक सहायक भानुभक्त मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।
निर्णायकमा लोकदोहरी प्रतिष्ठान लमजुङ शाखा अध्यक्ष तथा गायक प्रशान्त तामाङ सहित तिनजनाको टोली रहेको थियो ।

लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, १७ कार्तिक क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ

बेसीशहरमा नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
मर्स्याङदी समाचार, १७ कार्तिक बेसीशहर नगरस्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले

लमजुङमा बुधबार देखि प्याब्सन खेलकुद सप्ताह
मर्स्याङदी समाचार, १७ कार्तिक निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) लमजुङको आयोजनामा सप्ताहव्यापी स्पोट्र्स मिट–२०८३ बुधबारदेखि सुरु हुने








प्रतिकृया दिनुहोस