Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सुन्दर बीउ उत्पादक सहकारीको १३औँ साधारण सभा सम्पन्न

SITENAME

मर्स्याङदी समाचार, कार्तिक २९ 

सुन्दरबजार नगरपालिका–७ पाउदीस्थित सुन्दर बीउ उत्पादक सहकारी संस्थाको १३औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानहरि ढुङ्गानाको अध्यक्षता तथा सुन्दरबजार नगरपालिका–७ का वडाध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।


सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले रैथाने तथा उन्नत जातका बीउको प्रयोग र संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले वडाबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मल अनुदानका विषयमा नगरपालिकासँग समन्वय गर्ने बताउनुभयो ।


नयाँ जातको धानको बीउ प्रयोग गर्दा सुरुमा थोरै क्षेत्रफलमा परीक्षण गरी उत्पादन राम्रो देखिएपछि मात्र ठूलो क्षेत्रमा विस्तार गर्नुपर्ने उहाँको सुझाव थियो । परीक्षण नगरी ठूलो मात्रामा नयाँ बीउ लगाउँदा उत्पादन कम भए किसानले क्षति व्यहोर्नुपर्ने भन्दै उहाँले सावधानी अपनाउन आग्रह गर्नुभयो । साथै, तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्नुपर्ने र सहकारीका शेयर सदस्यहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।


संस्थाका अध्यक्ष ज्ञानहरि ढुङ्गानाले संस्थाको आयव्यय तथा भावी योजनाबारे जानकारी गराउँदै सहकारीको बैंक खातामा ७ लाख ४३ हजार २६ रुपैयाँ मौज्दात रहेको र शेयर सदस्य संख्या ३८ जना रहेको बताउनुभयो ।


कार्यक्रममा उपाध्यक्ष बुद्धिबहादुर सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव रामजी श्रेष्ठले गर्नुभएको थियो । सभामा जयराम रेग्मी, शिवकुमार पोखरेल, बुद्धिबहादुर सापकोटा तथा साहित्यकार लक्ष्मीप्रसाद मिश्रले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा साहित्यकार मिश्रले कविता समेत प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णप्रसाद सिलवाल, पूर्वअध्यक्ष शिवकुमार पोखरेल, उपाध्यक्ष बुद्धिबहादुर सापकोटा, दीपेन्द्र रेग्मीलगायत संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

मर्स्याङ्दीमा स्त्रीरोग शिविर सुरु, १२९ महिलाले लिए सेवा

मर्स्याङदी समाचार, २८ कार्तिक मर्स्याङ्दी गाउँपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य

SITENAME

दोर्दीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

मर्स्याङदी समाचार, २४ कार्तिक  लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।   मंगलबार

इप्रका भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला

मर्स्याङदी खवर, कार्तिक २४ । लमजुङमा कार्यरत एक प्रहरी सहायक हवल्दार मकवानपुरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत इलाका प्रहरी

↑