मनाङ मर्स्याङ्दी ग्रुप सर्वोत्कृष्ट करदाता सम्मानबाट सम्मानित

मर्स्याङदी समाचार, २ मंसिर
लमजुङको बेसीशहर नगरपालिका-८ स्थित मनाङ मर्स्याङ्दी ग्रुप प्रा.लि. ‘सर्वोत्कृष्ट करदाता सम्मान’ बाट सम्मानित भएको छ ।
पारदर्शी, जिम्मेवार र नियमसंगत व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको ग्रुपलाई उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मान प्राप्तिपछि ग्रुपका प्रबन्ध निर्देशक सुमन श्रेष्ठले यस उपलब्धिले संस्थालाई थप जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।
श्रेष्ठले यो सम्मान कुनै एक व्यक्ति वा संस्थाको मात्र उपलब्धि नभई ग्राहकवर्ग, कर्मचारी, व्यावसायिक साझेदार तथा नियामक निकायहरूको सामूहिक विश्वास, समर्पण र सहकार्यको प्रतिफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा सेवा तथा उत्पादनप्रति ग्राहकवर्गले देखाउनुभएको अटुट विश्वास, कर्मचारीहरूको निरन्तर प्रतिबद्धता र साझेदारहरूको रचनात्मक सहयोगकै कारण यो उपलब्धि हासिल भएको हो ।”
उहाँले संस्थाले पारदर्शी र नियमसंगत व्यावसायिक अभ्यासलाई सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन तथा समुदाय र राष्ट्रको दीर्घकालीन विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै, श्रेष्ठले यस सम्मानले संस्थालाई आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै थप उपलब्धि हासिल गर्न हौसला मिलेको बताउनुभयो ।

उपलब्धिको समीक्षा गर्दै आगामी योजनाको खाका कोर्दै सुन्दरबजार
मर्स्याङदी समाचार, २ मंसिर सुन्दरबजार नगरपालिकाको सभाहलमा बुधबार पालिकामा सञ्चालित परियोजनाको वार्षिक समीक्षा तथा आगामी वर्षका कार्यक्रम र

सरुवा भएर आउने ट्राफिक प्रहरीलाई अब बेडको झन्झट नहुने
मर्स्याङदी समाचार, २ मंसिर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी कर्मचारीहरुको सहजताका लागि समाजसेवी तथा युवा व्यवसायी मदन गुरुङले

अस्पतालको नृत्य प्रतियोगितामा डाक्टर समूह प्रथम
मर्स्याङदी समाचार, ३० कार्तिक प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरुबीच आयोजित सामूहिक नृत्य




प्रतिकृया दिनुहोस