सरुवा भएर आउने ट्राफिक प्रहरीलाई अब बेडको झन्झट नहुने

मर्स्याङदी समाचार, २ मंसिर
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी कर्मचारीहरुको सहजताका लागि समाजसेवी तथा युवा व्यवसायी मदन गुरुङले बेड सेट सहयोग गर्नुभएको छ ।
मर्स्याङ्दी गाउँपालिका–८, भगेरी निवासी गुरुङले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि ८ थान सिंगल बेड फर्म, ८ थान तन्ना र ८ थान सिरानी गरी कुल २४ थान सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यालयमा कार्यरत प्रत्येक ट्राफिक प्रहरी कर्मचारीलाई व्यक्तिगत बेड सेट उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको हो । विशेषगरी अन्य कार्यालयबाट सरुवा भई आउने प्रहरी कर्मचारीले बेड बिस्तारा बोकेर आउनुपर्ने बाध्यता हटाउँदै उनीहरुको आवास व्यवस्थापन सहज बनाउने लक्ष्यसहित सहयोग गरिएको जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीको समन्वय तथा सहकार्यमा गुरुङले आफ्ना सहयोगी टोलीसहित कार्यालयमै पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका सामग्री कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई वितरण गरिएको छ ।
प्रहरी कर्मचारीको दैनिक जीवनयापन तथा कार्यसम्पादनलाई सहज बनाउन गरिएको सहयोगप्रति जिल्ला ट्राफिक प्रहरी कार्यालयले समाजसेवी गुरुङ र उहाँको सहयोगी टोलीप्रति आभार व्यक्त गरेको छ ।

उपलब्धिको समीक्षा गर्दै आगामी योजनाको खाका कोर्दै सुन्दरबजार
मर्स्याङदी समाचार, २ मंसिर सुन्दरबजार नगरपालिकाको सभाहलमा बुधबार पालिकामा सञ्चालित परियोजनाको वार्षिक समीक्षा तथा आगामी वर्षका कार्यक्रम र

मनाङ मर्स्याङ्दी ग्रुप सर्वोत्कृष्ट करदाता सम्मानबाट सम्मानित
मर्स्याङदी समाचार, २ मंसिर लमजुङको बेसीशहर नगरपालिका-८ स्थित मनाङ मर्स्याङ्दी ग्रुप प्रा.लि. ‘सर्वोत्कृष्ट करदाता सम्मान’ बाट सम्मानित भएको छ

अस्पतालको नृत्य प्रतियोगितामा डाक्टर समूह प्रथम
मर्स्याङदी समाचार, ३० कार्तिक प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरुबीच आयोजित सामूहिक नृत्य




प्रतिकृया दिनुहोस