Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

उपलब्धिको समीक्षा गर्दै आगामी योजनाको खाका कोर्दै सुन्दरबजार

SITENAME

मर्स्याङदी समाचार, २ मंसिर 
सुन्दरबजार नगरपालिकाको सभाहलमा बुधबार पालिकामा सञ्चालित परियोजनाको वार्षिक समीक्षा तथा आगामी वर्षका कार्यक्रम र प्राथमिकता निर्धारणका विषयमा छलफल गर्दै स्थानीय तहको परियोजना सल्लाहकार समिति सुन्दरबजारको बैठक सम्पन्न भएको छ ।


समितिका अध्यक्ष एवं नगरप्रमुख कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमले हासिल गरेका उपलब्धि, कार्यान्वयनको अवस्था तथा प्रभावकारिताबारे समीक्षा गरिएको थियो । साथै, आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमको रुपरेखा तयार गर्ने र प्राथमिकता निर्धारण गर्ने विषयमा समेत छलफल भएको थियो ।


वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको साझेदारीमा सुन्दरबजारमा सञ्चालित परियोजनाका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे बैठकमा छलफल गरिएको हो । यसअघि बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा पनि परियोजनाको समीक्षा तथा आगामी योजनासम्बन्धी बैठक सम्पन्न भइसकेका छन् । 


बैठकमा नगरप्रमुख कोइरालाले परियोजनामार्फत सञ्चालन भएका कार्यक्रमलाई स्थानीय आवश्यकता र प्राथमिकतासँग जोड्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रमको उपलब्धि दिगो बनाउन स्थानीय तह, साझेदार संस्था र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।


त्यसैगरी नगर उपप्रमुख भवानी केसीले लक्षित वर्गसम्म कार्यक्रमको लाभ पुग्ने गरी योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कार्यक्रमको प्रभावकारिता बढाउन सम्बन्धित शाखा तथा सरोकारवालाबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले परियोजनाका गतिविधिलाई नगरपालिकाको वार्षिक योजना तथा नीतिसँग समन्वय गरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 


आरसिडिसीका बजार संयोजक दुर्गाप्रसाद ढुंगानाले गत आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी वर्ष कार्यान्वयन गरिने कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै, आरसिडिसीका कार्यक्रम संयोजक हेमराज विमलीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र र अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा प्रकाश पार्नुभयो ।


बैठकमा नगरपालिकाका विषयगत शाखा प्रमुखहरुले विद्यालय दिवा खाजा कार्यक्रम, विपद्का समयमा सहयोग तथा अन्य सामाजिक विकासका विषयमा आफ्ना सुझाव र धारणा राखेका थिए ।


कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङ, आरसिडिसीका सचिव शिवकुमार पोख्रेल, नगरपालिकाका विषयगत शाखा प्रमुख, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको उपस्थिति थियो ।


कार्यक्रमको सञ्चालन आरसिडिसीका बाल संरक्षण अधिकृत बेन्जिर थापाले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सरुवा भएर आउने ट्राफिक प्रहरीलाई अब बेडको झन्झट नहुने

मर्स्याङदी समाचार, २ मंसिर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी कर्मचारीहरुको सहजताका लागि समाजसेवी तथा युवा व्यवसायी मदन गुरुङले

SITENAME

मनाङ मर्स्याङ्दी ग्रुप सर्वोत्कृष्ट करदाता सम्मानबाट सम्मानित

मर्स्याङदी समाचार, २ मंसिर  लमजुङको बेसीशहर नगरपालिका-८ स्थित मनाङ मर्स्याङ्दी ग्रुप प्रा.लि. ‘सर्वोत्कृष्ट करदाता सम्मान’ बाट सम्मानित भएको छ

SITENAME

अस्पतालको नृत्य प्रतियोगितामा डाक्टर समूह प्रथम

मर्स्याङदी समाचार, ३० कार्तिक  प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरुबीच आयोजित सामूहिक नृत्य

↑